एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुखलाई धम्की दिएको आरोपमा अशोक यादव पक्राउ परेका छन् । तत्कालीन प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आधारमा यादवलाई पक्राउ गरिएको हो।

यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो ।

त्यसपछि प्रहरीले खोजी गर्दा उनी फरार भएका थिए । अहिले भने उनी पक्राउ परेको डीआईजी ओम अधिकारीले जानकारी दिए । उनले प्रहरीलाई धम्क्याउँदा उनी जसपाको नेता थिए। अहिले भने उनी नेकपा प्रवेश गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

चौथो चरणमा चाइनबाट ढुवानी उपकरण, प्रकाशका सामग्री र शव व्यवस्थापनमा प्रयोग हुने सामग्री आयो