काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक पाँच जिबीको सीमा पूरा भएपछि पनि बाँकी समय दुई एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि रु ६९९ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जिबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय तीन एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका अनुसार संविधान दिवस अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ ।
सम्बन्धित समाचार
माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिस जीवितै भेटिए
पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो
दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता
प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ
बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म






