बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’का रूपमा निरन्तरता दिएको छ ।
सम्बन्धित सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका टिम म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।
आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भएको प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएकाले साझेदार बनाइएको बताए । बैंकसँगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज हुनुका साथै टोलीको हौसला बढेको उनको भनाइ छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेटको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टोलीसँग सहकार्य गरिएको बताए ।
बैंकका चिफ ब्रान्ड अफिसर प्रभास राईले एनपीएलको दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्ससँगको साझेदारीले लुम्बिनी प्रदेशको ब्रान्डिङ तथा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
एनपीएलको दोस्रो संस्करणमा पनि शाइन रेसुंगा लुम्बिनी लायन्सको डेभलपमेन्ट बैंक पार्टनर रहेको थियो । तेस्रो संस्करणमा सोही साझेदारीलाई निरन्तरता दिइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ ।
सम्बन्धित समाचार
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
१०० अर्ब डलरको लक्ष्यसहित पाण्डेको पुस्तक सार्वजनिक





