काठमाडौं । एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच नेपाल आउने विदेशी पर्यटकलाई मोबाइल कनेक्टिभिटी सहज बनाउने उद्देश्यले सहकार्य भएको छ।
यससम्बन्धी समझदारीपत्र (एमओयू) मा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपांग दत्त र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले गत बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन्।
सहकार्यअनुसार नेपालका विभिन्न ठाउँमा यात्रा गर्ने विदेशी पर्यटकलाई परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन एनसेलले मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। नाटोले आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका कनेक्टिभिटी सेवा’bout जानकारी गराउनेछ।
कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत दत्तले एनसेलको देशभरको सञ्जाल र नाटोको पर्यटन क्षेत्रको पहुँचलाई उपयोग गरेर पर्यटकको यात्रा सहज बनाउन सहकार्य गरिएको बताए। उनले यस सहकार्यले एनसेलको ‘नेपाल कलिङ’ अभियानलाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।
नाटोका अध्यक्ष श्रेष्ठले पर्यटन भनेकै मानिस, संस्कृति र अनुभवबीचको सम्बन्ध जोड्ने माध्यम भएको भन्दै नेपाल आउने पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहकार्यले सहयोग पुग्ने बताए।
यसका साथै एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई राजमार्ग क्षेत्रमा आधुनिक खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ।
यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ। राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायलाई आवश्यक सरसफाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
एनसेल र नाटोले यसलाई नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासमा सहयोग पुर्याउने संयुक्त पहलका रूपमा अघि बढाउने जनाएका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
भोटेकोशी बाढी: ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा १० बङ्गलादेशी पक्राउ
इभी गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ता प्रतिक्रिया विश्लेषणसम्म एउटै प्लेटफर्ममा
भोटेकोशी बाढीमा सिन्धुलीका वेपत्ताको सामुहिक दाहसंस्कार






