भोटेकोशी बाढीमा सिन्धुलीका वेपत्ताको सामुहिक दाहसंस्कार

सिन्धुली । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको अप्रत्यासित बाढीले धेरै धनजनको क्षति ग¥यो । उक्त बाढीमा जिल्लाका पनि करीब ५० बढी नागरिक वेपत्ता भए । वेपत्ता मध्ये केहि त भेटिए तर केहीलाई भेट्टाउन त परैको कुरा उनीहरुको लाशसमेत फेला परेन । परिवार जनप्रतिनिधिहरु, आफन्तहरु लगाएतले खोजीमा धेरै माध्यमको प्रयोग गरे तर खोजी प्रयास असफल भएपछि मृत्यु स्वीकार गर्नुको कुनै विकल्प भएन ।

सरकारले हाइड्रो पावरका सुरुङहरु खोतल्दासम्म आशा गरिरहेका आफन्तहरु अब आशा मार्न थाले, आशा मार्नुको विकल्प पनि थिएन । अन्ततः दाहासंस्कारमा जुटेका छन् ।

भोटेकोशीको बाढीबाट सिन्धुली जिल्ला पनि अछुतो रहेन । जिल्लामै सबैभन्दा बढी क्षति कमलामाई नगरपालिका वडा नं. ११ ले व्यहो¥यो । यतिबेला उक्त वडाका आधा दर्जन गाउँ शोकमा छन् । बाढी गएपछि उक्त वडाका हराएका १४ जनामध्ये ४ जना सकुशल भेटिए । वडा कार्यालयले कमलामाई नगरपालिकासँगको सहकार्यमा उनीहरुलाई सिन्धुली लिएर आयो ।

अन्य नागरिकका हकमा पनि नगरपालिका, वडा कार्यालयका जनप्रतिनिधिहरु, आफन्तहरु रसुवा, नुवाकोट पुगेर खोजी गरे तर फेला पार्न सकेनन् । अन्ततः हार स्वीकार्नुको विकल्प नै रहेन । बाढी आएको २३ औं दिनमा कमलामाई नगरपालिका ११ का वेपत्ता १० जनाको सामुहिक दाहासंस्कार गरिएको छ ।

उनीहरुको कमलामाई नगरपालिका वडा नं. ११ को बेसारेखोला दोभानमा कुशको शव बनाएर सामुहिक दाहासंस्कार गरियो । तर पनि आफन्तलाई मृत्यु हो की हैन स्वीकार्न सकस भएको छ । बाढीले बेपत्ता भएका बेसारे खोलाका वखत बहादुर खत्री (शंकर), टंक बहादुर श्रेष्ठ, माथिल्लो जरायोटारका लक्षमण सापकोटा, तल्लो जरायोटारका बुद्धिविक्रम थापा (सुनिल), राजकुमार श्रेष्ठ, धनसारे डाँडाका सोम बहादुर माझी, बलबहादुर माझी, भालुखोलाका विष्णु बहादुर श्रेष्ठ, छत्तिवनका भरत माझी र तेस्रेवेशीका प्रेम कुमार घलानको सामुहिक संस्कार गरियो ।

वडाको तल्लो जरायोटार, माथिल्लो जरायोटार, बेसारे खोला, भालुखोला, तेस्रोबेशी, धनसारेडाँडा र छतिवन यतिबेला शोकमग्न छ । गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ को फेलुई पुल मुनी रहेको जाईज्याई कम्पनी र रसुवागढी हाईड्रो पावरमा काम गर्न गएका नागरिकहरु वेपत्ता भएपछि ती गाउँहरु शोकमा थिए ।

यसैगरी कमलामाई नगरपालिका वडा नं. ३ का हेम प्रसाद गौतमको पनि शव नभेटिएपछि कुशको शव बनाएर विहीबार दाहासंस्कार गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा असोज संक्रान्तिलाई बुढी पोल्ने पर्वको रूपमा मनाइँदै