काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ ।
शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध ५ विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो ।
नेपाल अब टी–२० अन्तरराष्ट्रिय वरियताको चौधौ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको हो ।
शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।
तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)
सम्बन्धित समाचार
प्रिमियर कप च्याम्पियन नेपाल एसिया कपमा छनोट
ओलम्पियाडमा नेपाली बुद्धिचाल खेलाडीको परीक्षा
२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा
अझै ३–४ दिन कृष्णभीरको बाटो नखुल्ने
ट्रेलमाण्डुको आयोजनामा शनिबार ‘फ्लड रिलिफ १०के ट्रेल रन’
बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा चेस ओलम्पियाड टोलीको बिदाई
आफन्त, परिवार, सम्पत्तिसँगै बगेको भविष्य : बहुपक्षीय क्षति, दीर्घकालीन असर






