कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा


काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्ष (शेरबहादुर देउवा पक्ष) ले पार्टीको १५ औँ महाधिवेशन २१ मंसिरदेखि २३ मंसिरसम्म गर्ने भएको छ ।

शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

‘केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

उनले १५ असोजबाट वडा अधिवेशन सुरु हुने बताए । उनले एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

वर्षाका कारण कुनै वडामा १५ असोजमा अधिवेशन सम्पन्न हुन नसके सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्ने र त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार १६ वा १७ असोजसम्म अधिवेशन सम्पन्न गर्न सकिने महतले जानकारी दिए ।

पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको उनले बताए ।

महतका अनुसार निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू एक–दुई दिनमै जिल्लामा पुग्नेछन् । सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा