काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कबिर शर्मा सर्वसम्मत

काठमाडौं । नेपाली काङ्ग्रेसको १५औं महाधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा कबिर शर्मासहित सबै पदमा नेतृत्व सर्वसम्मत चयन भएको छ। काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा पहिलोपटक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको हो।

यसै क्रममा क्षेत्र नम्बर २ अन्तर्गतका दुवै प्रदेशसभा क्षेत्रमा पनि नेतृत्व चयन सहमतिमै टुङ्गिएको छ। प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा पुस्कर बस्ताकोटी र प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा सीताराम आचार्य निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभापतिमा उद्धव दाहाल र शङ्खरापुर नगरपालिकाको नगर सभापतिमा जीवनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंका अन्य क्षेत्रहरूमा चुनावी प्रतिस्पर्धा र रस्साकस्सी जारी रहँदा क्षेत्र नम्बर २ ले भने वडा, नगर, प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय समितिसम्मै उच्च तहको राजनीतिक समझदारी प्रदर्शन गरेको छ। स्थानीय वडा र नगर समितिहरूमा समेत सर्वसम्मत नेतृत्व चयन भएपछि यो क्षेत्र काठमाडौँभरि नै पार्टी एकताको बलियो नमुना बनेको छ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई पन्छाएर तल्लो तहदेखि नै कायम भएको यो सहमतिले आगामी जिल्ला र केन्द्रीय महाधिवेशनका लागिसमेत सकारात्मक वातावरण तयार गरेको स्थानीय नेता-कार्यकर्ताहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा घट्दै डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत