पाँच महिनादेखि डिप्रेसनको सिकार थिए अभिनेता सुशान्त

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको सोमबार साँझ मुम्बईको विले पार्लेस्थित स्मशानघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कारमा आफन्त, बलिउडकर्मीदेखि प्रशंसकसम्मका सहभागिता थियो ।
कोरोना संक्रमण फैलने भन्दै स्मशामघाटमा धेरैलाई सहभागी हुन प्रहरीले नदिएपछि उनका कैयौं शुभचिन्तकहरूले बाहिर बसेरै उनको तस्बिरमा फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।

दाहसंस्कार अघि अभिनेता सुशान्तको कोरोना भाइरस परीक्षण गरियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि परिवारलाई प्रहरीले सुशान्तको पार्थिव शरीर बुझाएको हो । अभिनेता सुशान्तको प्रारम्भिक रिपोर्टले आत्महत्या देखिएको प्रहरीले जनाएको छ । तर, उनको आत्महत्यालाई परिवारले स्वीकार गरिरहेका छैनन् ।

आइतबार दिउँसो मुम्बईको बान्द्रास्थित आफ्नो घरमा उनले आत्महत्या गरेका थिए । अभिनेता सुशान्तको अन्त्येष्टिमा पटनाबाट उनका बुबासँगै काकाका छोराहरू र तीन दिदी सहभागी भए । उनीहरू पटनाबाट सोमबार बिहान मात्र मुम्बई पुगेका थिए । आफ्नो छोराले आत्महत्या गरेको कुरा मान्न उनका पिता अझै तयार छैनन् । छोराको आत्महत्या हो भन्ने कुरा अझै आफूलाई विश्वास नलागेको पिताले बताएका छन् ।

यता सुशान्तकी दिदीले आफ्नो भाइ केही समयदेखि मानसिक तनावमा रहेको बताएकी छन् । सुशान्त विगत पाँच महिनायताबाट डिप्रेसनको सिकार भएको उनले खुलाएकी छन् । दिदीका अनुसार आफू डिप्रेसनमा गएपछि सुशान्तले डिप्रेसनको औषधिसमेत लिन थालेका थिए । तर, आफू डिप्रेसनमा जानुको कारणबाट उनले खुलाएका थिएनन् । आफूलाई एक्लोपन महसुस भएको सुशान्तले बताएपछि उनकी दिदी बान्द्रास्थित घरमा आएर केही दिन सुशान्तसँग बसेकी थिइन् । आफूलाई केही राम्रो भएको भन्दै यी अभिनेताले मानसिक तनावविरुद्धको औषधि खान छाडेपछि आफू घर फर्किएको पनि उनकी दिदीले बताएकी छन् ।

फिल्मको अभिनेता बन्छु भन्ने अठोट लिएपछि भाइले इन्जिनियरिङ छाडेर सिनेमाको दुनियाँ रोजेको पनि दिदीको कथन छ । भाइ सुशान्त निकै मिहिनेती आफ्नो लक्ष्य पूरा गर्ने व्यक्ति भएकाले यसरी उनले आत्महत्या गर्छन् भन्ने आफूहरूले कल्पनासमेत नगरेको दिदीले बताएकी छन् ।

आफ्नो जीवनमै गर्नेपर्ने ५० वटा काम भनेर त्यो कामको सूची बनाएका भाइले ती काम पूरा नगरी किन आत्महत्याको बाटो रोजे भन्ने कुरा आफूहरू बुझ्न नसकेको दिदीको कथन छ । अभिनेता सुशान्तसिंह सधंै हाँसिरहने भएकाले उनी भित्रभित्रै टुटेको र गलेको कुरा आफूहरूले पत्तै नपाएको पनि दिदीले बताएकी छन् । उनले औषधि नछाडेको भए सायद आज यो दिन आउँदैन थियो कि भन्ने दिदीको गुनासो छ ।

इन्जिनियर बन्न छाडेर कला रोजेका सुशान्तले संघर्षको चरणमा बलिउडमा कोरास डान्सरका रूपमा केही समय काम गर्नुपरेको थियो । त्यसपछि उनी टेली चलचित्रमा कलाकारका रूपमा प्रवेश गरेका थिए । उनलाई धारावाहिक टेलिचलचित्र पवित्र रिस्ताले एकाएक सफल र चर्चित बनायो । त्यसपछि अमेरिका गएर अभिनयको कोर्स पूरा गरेका उनले भारत फर्केर फिल्म कोई पो छेमार्फत ठूलो पर्दामा अभिनय यात्रा सुरु गरेका थिए । उनलाई पिके, शुद्ध देशी रोमान्स, एमएस धोनी, केदारनाथ, छिछोरजस्ता फिल्मले चर्चाको शिखरमा पु¥याएको थियो ।

आइतबार अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउड र भारतीय टेलिभिजनका कलाकारहरूले आफ्ना दुःख समस्यालाई आफन्त तथा साथीहरूसँग बाटौं भनेर अनुरोध गरेका छन् । सुशान्तसिंहको आत्महत्याबाट दुःखी भएका कलाकारहरूले अहिलेको कोरोना संक्रमणसँगै कामविहीन भएर घरमा बस्नुपर्दा धेरैले एक्लो पनि र तनाव झेल्नुपरेको बताएका छन् । यस्तो अवस्थामा आफ्ना समस्या आफन्त तथा साथीहरूसँग बाँडेर त्यसको समाधान खोज्नतर्फ लागौं भन्ने अनुरोध पनि उनीहरूको छ । यसो भयो भने भोलि अर्को सिनेकर्मीले सुशान्तसिंहको बाटो नरोजोस् भन्ने उनीहरूको अपिल छ ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब