टोकियो । जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ । विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ । सन् २०२० को तुलनामा जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको हो
जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुँदै आएको छ । सन् २०१५ पछि लगातार तीनवटा जनगणनामा जनसंख्या घटेको देखिएको छ ।
कुल जनसंख्यामध्ये करिब ५ करोड ९७ लाख ७० हजार पुरुष र ६ करोड ३२ लाख महिला छन् ।
त्यस्तै, जापानमा ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । वृद्ध जनसंख्या बढ्दै जाँदा जापानमा जनशक्ति र सामाजिक सुरक्षासम्बन्धी चुनौती पनि बढ्दै गएको छ ।
जापानका ४७ प्रान्तमध्ये टोकियोमा मात्र जनसंख्या बढेको छ । सन् २०२० को तुलनामा टोकियोको जनसंख्या करिब १ लाख ८९ हजारले बढेको छ ।
सम्बन्धित समाचार
संयुक्त राष्ट्रसंघमा इरानी राष्ट्रपतिको कडा धारणा, भने– हामी अमेरिकाको आतंकवादको शिकार बनेका छौं
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन
मानव बेचबिखनको बदलिँदो स्वरूपः परम्परागत बाटो, डिजिटल जालो
चिलिमेमा ४ र अप्पर त्रिशूलीमा ५ शव भेटिए
अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता
एमाले कार्यदलको तेस्रो प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय गायब
दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा




