मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप आठ जनाको शव भेटिएको छ ।
यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान ४ जनाको शव भेटिएकामा आजै दिउँसो थप ४ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि सात जनाको शव भेटिएको थियो । हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका छन् । “दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ, छ शव फूगाउँसम्म ल्याइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “रात परिसकेकाले हेलिकप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।”
नेपाली सेनाको हेलिकप्टरमार्फत आज ती शव ल्याइएको हो । यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको छ ।
हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ ।
सम्बन्धित समाचार
गण्डकीमा निवर्तमान स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवको ‘घूसकाण्ड’
चामेमा थुनिएको मर्स्याङ्दी नदीमा पानीभन्दा बढी गेग्र्याङ
गण्डकीमा ठूलो मानवीय क्षति, मुख्यमन्त्रीद्वारा निरीक्षण
माथिल्लो त्रिशूली १ को सुरुङभित्र भेटिए १८ वटा शव, खोजीकार्य जारी
सप्तरीबाट मध्यराति १ हजार ४ सय किलो गाँजा बरामद
नेपाली कांग्रेसको वडा अधिवेशन ७३ जिल्लामा सम्पन्न, बाँकी भाेली हुने
प्रधानमन्त्री–प्रधानसेनापतिबीच अर्थपूर्ण भेटवार्ता
असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना





