काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको काठमाडौँ महानगरपालिका–२६ को वडा अधिवेशन सम्पन्न गर्दै सोजेशमान मालाकार सर्वसम्मत ईकाइ सभापति भएका छन्। वडा संयोजक मालाकारको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कांग्रेस काठमाडौँका पूर्व सभापति एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले गरेका थिए ।
अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री प्रधानले विशेष महाधिवेशनका नाममा गरिएको अवैधानिक गतिविधिले पार्टी संकटमा परेको बताए । पार्टीको अधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको उनको भनाई थियो । नेता प्रधानले पार्टी मिलाउने बल वर्तमान पार्टी सभापति गगनकुमार थापाको कोर्टमा रहेको बताए । निर्वाचन जित्न कांग्रेस एकतावद्ध हुनुपर्ने उनको भनाई थियो । मुलुकको विकासका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने नेता प्रधानले बताए ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ का नेता कृष्णमान श्रेष्ठले कांग्रेसको आधिकारीता विवाद अदालतसँग भएकाले संगठन निर्माणमा लाग्नुपर्ने बताए । उच्च मनोवलका साथ अधिवेशनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ का संयोजक सरोजकुमार बस्नेतले पार्टीलाई जीवन्त राख्नका लागि वडा अधिवेशनले सहयोग पुग्ने बताए । कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्द परियारले सरकार र पार्टी संकटमा परेको भन्दै उच्च मनोवलका साथ काम गर्ने बेला आएको बताए ।
अधिवेशनले सोजेशमान मालाकारको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उप सभापति तुल्सी श्रेष्ठ सचिव मा प्रबेश महर्जन र कोषाध्यक्षमा रोजिना प्रधान रहेको छ र सदस्यहरु मा श्रीजल शाही,ईश्वर नकर्मी रहेका छन् । यस्तै, क्षेत्रीय प्रतिनिधिमा पेम्बा तामाङ, गोविन्द परियार, अमित पाण्डे, कृतिका तामाङ, चन्द्र क्षेत्री, मीनबहादुर गुरुङ, चोकबहादुर थापा, शान्ति लामिछाने, राजु शाही, रचना शाही, रोजिना प्रधान अरूण कुमार तामाङ (लामा) विश्व महर्जन सन्त बहादुर गुरूङ चयन भएका छन् ।
सम्बन्धित समाचार
आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ
काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कबिर शर्मा सर्वसम्मत
संविधानविद् विपिन अधिकारी भन्छन्- चोलेन्द्रशमशेरलाई पक्राउ गर्नुको कारण गृहमन्त्रीले जवाफ दिनुपर्छ
कांग्रेसको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गर्ने खड्का महाधिवेशन प्रतिनिधिमा पराजित
बझाङ कांग्रेस अधिवेशनः ९४ मध्ये ८९ वडामा नयाँ नेतृत्व
पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभातर्फ
एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित





