धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हाम्रो गौशालाको व्यवस्थापन सहज बनाउन धनगढी उपमहानगरपालिकाले ट्र्याक्टर उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला राणाले सोमबार गौशाला व्यवस्थापन समितिका अध्यक्ष यादवकुमार भण्डारीलाई ट्र्याक्टर हस्तान्तरण गरेकी हुन् । ट्र्याक्टर उपलब्ध भएपछि गाईका लागि आहारा व्यवस्थापन, गोबर व्यवस्थापनलगायत दैनिक काममा सहज हुने अपेक्षा गरिएको छ ।
हाम्रो गौशालामा अहिले करिब ३ सय ६५ वटा गाई रहेका छन् । ती गाईको हेरचाहका लागि ८ जना गोठाला कार्यरत छन् । उपमहानगरपालिकाले ५० वटा गाई बराबर एक जना गोठाला रहने गरी प्रत्येकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।
गौशाला व्यवस्थापन समितिले भने आन्तरिक आम्दानीबाट गोठालालाई थप ५ हजार रुपैयाँ दिने गरेको अध्यक्ष भण्डारीले बताए । गौशालाको आन्तरिक आम्दानीको मुख्य स्रोत गाईको गोबर र दूध बिक्री हो ।
उपमहानगरपालिकाका पशु चिकित्सक डा. समीर ठाकुरका अनुसार गौशालामा रहेका गाईको उपचार तथा आहाराका लागि पनि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा पशु चौपाया व्यवस्थापनका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त बजेटको ठूलो हिस्सा गोठालाको पारिश्रमिकमा खर्च हुने गरेको छ। बाँकी रकम गाईको आहारा, औषधि तथा हेरचाहमा खर्च हुने गरेको डा. ठाकुरले बताए ।
ट्र्याक्टरले गौशालाको दैनिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए । उनले गौशालालाई सहयोग गरेकोमा उपमहानगरपालिकाप्रति आभार व्यक्त गरे ।
सम्बन्धित समाचार
धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने
सहमतिका लागि अछाम २ मा कांग्रेसको सहजीकरण समिति
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा
साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
सेती अस्पतालको ३०० मिटरभित्रका निजी स्वास्थ्य संस्थामाथि कडाइ
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
८ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता





