निर्वाचनपछि बागमतीमा हाम्रो पार्टीको सरकार बन्छः कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने बताएका छन ।

बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको समेत बताएका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले बागमतीमा सरकार गठन गरेपछि संघीय सरकारको नेतृत्वसमेत आफ्नो पार्टीले गर्ने बताएका छन । उनले भने, ‘उज्यालो नेपाल कुनै जाति वा वर्ग विशेषको पार्टी होइन । यो विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो ।

हामी कुनै वाद–प्रतिवादमा अल्झिनेभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । हाम्रो आर्थिक रूपान्तरणको मुख्य आधार हरित क्रान्ति हो, ‘बागमती प्रदेशबाट शुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो ।

प्रदेशदेखि संघसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै देशलाई आर्थिक रूपमा रूपान्तरण गर्ने हाम्रो संकल्प छ ।’ उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको बताए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको पनि स्पष्ट पारे । अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे ।

जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा थियो ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी, वरिष्ठ र महिला उपाध्यक्ष निर्विरोध