नेपाल कोरोना मुक्त छ, गलत सूचनाको पछाडी नलाग्नुस् : स्वास्थ्यमन्त्री

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइसरको संक्रमण हालसम्म कुनै नेपालीमा नदेखिएकाले नेपाल कोरोना मुक्त राष्ट्रको रहेकाले बताएका छन् । उनले चिनमा रहेका नेपाली विद्यार्थीहरु र नेपाली रहेका कुनै नागरिक पनि कोरोना भाइरस संक्रमण नपरेको दाबी गरे ।

पाल्पा व्यापार संघले आयोजना गरेको पाल्पा महोत्सव २०७६ उद्घाटन समारोहमा बोल्दै मन्त्री ढकालले कोरोनाको आशंकामा १८ जना नेपालीहरुको स्वास्थ्य परिक्षण गरेको तर उनीहरुमा संक्रमण नभेटिएको प्रष्ट पारेका छन् । यस अगाडी चीनबाट फर्र्किएका एक नेपालीमा संक्रमण देखिएपछि १५ दिनको उपचारबाट संक्रमण हटेको उल्लेख गरे ।

उनले अन्य कारणले रुघाखोकी लागेपनि कोरोना भएको हो की भन्ने भ्रम फैलिएकाले समाजमा भय र आतंक सिर्जना देखिएको छ तर हालसम्म नेपालका यसको संक्रमण नभएकाले गलत सूचनाको पछाडी नलाग्न अनुरोध गरेका छन् ।

सरकारले समाजमा देखिने र अनुभुत गर्ने गरी स्वास्थ्य, शिक्षा सहित विकास र समृद्धिका काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री ढकाले स्वास्थ्य मन्त्रालयले अगामी ३ महिना भित्र नतिजामुलक काम गर्ने विश्वास दिलाए । स्वास्थ्य मन्त्रालय जिम्मेवारी लिएको तिन महिना भएको र अब ६ महिनामा औषधी, औजारहरु, अस्पतालका सेवा र स्वास्थ्यको गुणस्तर सुधारमा उल्लेख प्रगति हुने मन्त्री ढकालले दाबी छ । सरकारी अस्पतालको विश्वसनीयता बृद्धि, विमाको प्रभाकारिता, स्वास्थ्यका विकृती हटाएर जनताले अपेक्षा गरे अनुसार सरकार स्वास्थ्य क्षेत्रमा छ भन्ने अनुभुती दिलाउने गरी काम भइरहेको मन्त्री ढकालले उल्लेख गरे ।

पाल्पाको मदनपोखरामा फागुन ११ सम्म चल्ने महोत्सवमा कृषिजन्य बस्तुको प्रर्दशन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको प्रर्दशनी सहितका २ सय ७५ स्टल रहेका छन् । पाल्पाको समृद्धिको आधार, कृषि, पर्यटन र व्यापार भन्ने नारा राखिएको महोत्सवबाट ५ करोडको कारोबार हुने र १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सुन चाँदी दुबैको मूल्य बढ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी