काठमाडौँ । साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ)मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।
उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।
मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए । केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्ने यहाँस्थित साउदी राजदूतावासले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
चार दिनको झरीपछि खुल्यो काठमाडौंको आकाश, वर्षाको गतिविधि क्रमशः घट्दै
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड
सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट
साउदी अरबका लागि प्रस्तावित राजदूतविरुद्ध खगेन्द्र सुनारसँग मिलेर पैसा असुलेको आरोप
घुस रकमसहित इन्जिनियर र सुपरभाइजर अख्तियारको नियन्त्रणमा





