हाइनान । चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । सो रकेटमार्फत न्यून पृथ्वी कक्षामा रहने इन्टरनेट उपग्रहहरूको नयाँ समूह अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बेइजिङ समयअनुसार शनिबार बिहान ३ बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको रकेटले आफ्नो निर्धारित उडान पूरा गर्दै उपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको थियो ।
प्रक्षेपण गरिएका उपग्रहहरू चीनको न्यून पृथ्वी कक्षीय इन्टरनेट उपग्रह कार्यक्रमअन्तर्गतको २७औँ समूह रहेको जनाइएको छ ।
यस प्रक्षेपणसँगै चीनले आफ्नो अन्तरिक्ष प्रविधि तथा उपग्रहमा आधारित सञ्चार प्रणालीको विकासलाई निरन्तरता दिएको छ । न्यून पृथ्वी कक्षमा स्थापित गरिने यस्ता उपग्रहहरू अन्तरिक्षमा आधारित इन्टरनेट तथा सञ्चार सेवाका लागि प्रयोग गरिन्छन् ।
सम्बन्धित समाचार
आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने : इरान
डिसेम्बर/जनवरीदेखि नै ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु
सोह्र श्राद्ध सुरु, यस्तो छ शास्त्रीय मान्यता
रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी





