वुहानवाट फर्किएकालाई परिवारका सदस्यले १४ दिनसम्म भेटन नपाउने

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ ।

३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्नेछ । विभानस्थलमा अवतरण गरेपछि ति विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ । खरीपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा ति विद्यार्थीलाई १४ दिनसम्म राखिने भएको छ ।

ति विद्यार्थीको विभिन्न परिक्षण गरिने भएको छ भने १४ देखी १७ दिनसम्म उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छ । १८० विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने ति विद्यार्थीका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरुलाई भेटन पाउने छैनन् । स्वास्थ्य उपचारसंगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ भने चौविसै घण्टा स्वास्थ्यकर्मीमो निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विषेश तालिम दिएर राखेको छ । खरीपाटीका लागि ८६ जना चिकित्सक खटाईने भएको छ ।

चीनको बुहानवाट फैलिएको कोरोना भाइरसवाट अहिलेसम्म १ हजार ३०० को मृत्यु भैसकेको छ । बिहीवार मात्रै चीनको हुबेइ प्रान्तको बुहानमा २४२ जनाको मृत्यु भएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । एकै दिन २४२ जनाको मृत्यु अहिलेसम्मकै धेरै हो ।

बुहानमा मात्र १४ हजार ८ सयमा यसको संक्रमण फैलिएको बताईको छ । नेपालमा चीनवाट फर्किएका २० जनामा कोरोना जाँच गरिएकोमा १ जनामा संक्रमण देखिएको थियो भने १९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रेम सम्बन्ध टुटेपछि अब विवाह नगर्ने जरीनको घोषणा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द