काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी एवं कर्मचारीहरूको नाम र जिम्मेवारीसहितको विवरण सार्वजनिक गरेको हो। यसअघि सचिवालयमा नियुक्त व्यक्तिहरूको संख्या मात्र सार्वजनिक भएकोमा यसपटक भने नाम र जिम्मेवारी स्पष्ट पारिएको छ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूहमा मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल रहेका छन्।
ब्यञ्जनकार र अग्रवालले अवैतनिक रूपमा सेवा दिइरहेका छन् भने असिम शाहलाई मन्त्रीसरह तथा सुदीप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा-सुविधा तोकिएको छ।
प्रमुख स्वकीय सचिवमा सुवास शर्मा
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको जिम्मेवारी सुवास शर्माले सम्हालेका छन्। उनले राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिवसरह) को सुविधा पाउनेछन्। त्यस्तै, सहसचिवसरह (राजपत्राङ्कित प्रथम श्रेणी) को सुविधा पाउने पदाधिकारीहरूमा:
नवीन भण्डारी – स्वकीय सचिव
सञ्जीव पाण्डे – स्वकीय सहसचिव (विकास आयोजना)
दीपा दाहाल – प्रेस तथा अनुसन्धान विज्ञ
सन्तोष गिरी – कार्यक्रम तथा भ्रमण संयोजक
विश्व राई – सामाजिक विकास विज्ञ
उपसचिवसरहको जिम्मेवारीमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य रहेका छन्। साथै, नागरिक उड्डयनतर्फ सहायक विज्ञ सुमन गौतम र भाषा तथा मस्यौदातर्फ सहायक विज्ञ रविकिरण अधिकारीले पनि उपसचिवसरहकै सुविधा पाउनेछन्।
प्रेस, अनुसन्धान र प्रशासनिक टोली
सचिवालयमा प्रेस, अनुसन्धान, डिजाइन, भिडियोग्राफी र प्रशासनिक कार्यका लागि पनि छुट्टाछुट्टै जनशक्ति खटाइएको छ।
शाखा अधिकृतसरह: सुरेन्द्र बजगाईँ (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी र हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत)।
नायब सुब्बासरह: अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम र बेनिस कार्की (प्रशासन सहायक) तथा अमृत पाण्डे (कम्प्युटर सहायक)।
घट्यो सचिवालयको संख्या
यसअघि प्रधानमन्त्री कार्यालयले भदौ १५ को सूचनाका आधारमा असोज १३ गते सार्वजनिक गरेको विवरणमा स्वकीय सचिवालयतर्फ ४८ जनाको दरबन्दीमध्ये २७ जना नियुक्त भएको उल्लेख थियो।
तथापि, शुक्रबार सार्वजनिक पछिल्लो नामावलीमा भने सल्लाहकार, विज्ञ र स्वकीय सचिवालय गरी कुल २५ जनाको विवरण मात्र समेटिएको छ। पहिले उल्लेखित संख्याभन्दा २ जना घट्नुको कारण’bout भने विवरणमा खुलाइएको छैन।
गत चैत १३ गते (२७ मार्च २०२६) प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पदभार सम्हालेका थिए।
सम्बन्धित समाचार
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार





