काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नेतृत्व चयन निर्वाचनमा थापामगर खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
खुला महिलातर्फ १५ सदस्य पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त प्रतिस्पर्धामा थापामगरले केन्द्रीय सदस्य पदमा स्थान सुरक्षित गरेकी हुन् ।
निर्वाचित भएपछि थापामगरले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार प्रकट गरेकी छन् ।
उनले यो निर्वाचनलाई पद प्राप्तिमा मात्र सीमित नभई लामो समयदेखि नेपाली कांग्रेसप्रति राख्दै आएको आस्था, राजनीतिक प्रतिबद्धता, सामाजिक उत्तरदायित्व तथा नेपाली कला, संस्कृति र लोकसङ्गीतको क्षेत्रमा गरेको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेकी छन् ।
दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन् । कला र सङ्गीतको क्षेत्रमा लामो समय बिताएकी उनी अब नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत पुगेकी छन् ।
सम्बन्धित समाचार
गायिका मेलिना राईलाई पितृशोक
भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण
नृत्य विधामा स्वजन रघुवंशीलाई विद्यावारिधि
बलिउड अभिनेता नाना पाटेकरको निधन
नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडे
रेखाको फिल्ममा अञ्जु र सत्यराजको स्वर
एक्सट्रीम म्युजिक सिरिज सुरु
‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर






