काठमाडौं । चर्चित गायिकाद्वय मेलिना राई र जुनु राईलाई पितृशोक परेको छ । मेलिना र जुनुका बुवा संगीतकार जिवेश चाम्लिङ राईको बुधबार राति उपचारका क्रममा निधन भएको हो ।
संगीतकार बसन्त सापकोटाका अनुसार संगीतकार राईको बुधबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
‘संगीतकार जिवेश चाम्लिङ राईज्यूको गए राति ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचारको क्रममा दुखद निधन भएको खबरले स्तब्ध छु। बहिनीहरुलगायत सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् कामना गर्द्छु,’ सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
संगीतका राई केही समयदेखि अस्वस्थ रहेको उनका आफन्तले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
चलचित्र चंगुलको ट्रेलर रिलिज
अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने
‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’




