काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ । शुक्रवार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रश्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिएकी हुन् ।
उनकाअनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ । उनले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा शुरु गरिएको हो ।
कार्यवाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भएपनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन्। ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा शुरु गरिएको बताइन् ।
उनले चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताइन् । उनका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ ।
उनले भनिन्, ‘आजदेखि हामीले बाइक एम्बुलेन्स सर्भिस शुरु गर्दैछौँ । जब विरामी तथा सेवाग्राहीले १०२ नम्बरमा फोन गर्नुहुन्छ त्यसपछि आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाउँछौँ । धेरै जाम भइरहेको हुनाले समयमै चारपांग्रे गाडी पुग्न सकिरहेको हुँदैन । ट्राफिक जामको कारणले समयमा नै एम्बुलेसन्स पुग्न नसक्ने धेरै केसहरु रहेका छन् । त्यतिमात्रै नभएर काठमाडौंको भूगोल पनि फरक रहेको छ । अनि गल्ली गल्लीमा एम्बुलेन्स पुग्न नसक्ने अवस्था रहेको छ । त्यसकारण जुन जुन चोक तथा गल्लीहरुमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न सक्दैन । त्यहाँ फस्ट रिस्पोन्सको लागि बाइक एम्बुलेन्स पठाउनेछौँ ।’
महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण
देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने
काठमाडौं उपत्यकामा वायु प्रदूषणवारे चिन्ता, भरपर्दो जानकारीमा ठूलो खाडल
नेपाललाई साउदीले पठायो मानवीय सहायता सामग्री
माइतीघरमा नागरिक आवाज अभियानको दीप प्रज्वलन
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता
बूढीगण्डकी बाढी: पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित
जोखिममा हिमाली नदी किनारका बस्ती






