काठमाडौं । नागरिक आवाज अभियानले शुक्रबार साँझ काठमाडौंको माईतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ। प्राकृतिक विपत्ति तथा विभिन्न दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै अभियानले पीडित परिवारलाई तत्काल पुनर्वास र उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो।
पीडितलाई पुनर्वास र राहतको माग
दीप प्रज्वलन कार्यक्रममा अभियानका संयोजक सुरेन्द्र पाण्डे, पूर्वसांसद नवराज सिलवालसहित राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र सर्वसाधारणको सहभागिता थियो। सहभागीले दीप प्रज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

संयोजक पाण्डेले विपत्तिको समयमा नागरिकको जीवनरक्षा र पुनर्स्थापना राज्यको प्राथमिक दायित्व भएको बताए। उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनर्वास र आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरे।
पूर्वसांसद सिलवालले पीडितका समस्या समाधानमा राज्य संवेदनशील हुनुपर्ने बताए। पीडितले समयमै न्याय र राहत नपाएसम्म अभियानले आवाज उठाइरहने उनको भनाइ थियो।
नागरिक समाजका प्रतिनिधिले पनि विपद्पछिको पुनरोत्थानका कार्यक्रम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सम्बन्धित समाचार
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट
साउदी अरबका लागि प्रस्तावित राजदूतविरुद्ध खगेन्द्र सुनारसँग मिलेर पैसा असुलेको आरोप
घुस रकमसहित इन्जिनियर र सुपरभाइजर अख्तियारको नियन्त्रणमा
अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त मतदान प्रणाली माग्दै सर्वोच्चमा रिट
२१ किलो सुनसहित ३ चिनियाँ नागरिक पक्राउ





