काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ दसैंपछि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला ११ हजारले घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विज्ञापन भ्रामकः राजहंस ब्राण्डको चामलमा कम तौल
घट्यो सुनचाँदीको मूल्य
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
महाबीर एग्रोको प्रोडक्टले भ्रामक बिज्ञापन गरेको पुष्टि
झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार
लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन
दसैँपछिको पहिलो कारोबारमै सुनको मूल्यमा भारी गिरावट






