विज्ञापन भ्रामकः हंसराज ब्राण्डको चामलमा कम तौल

वीरगन्ज । उत्पादकले पर्वको समयमा उपभोक्ता ठगी गर्ने चलन नेपालमा सामान्य जस्तै छ । तर कम्पनीको बोर्ड समेत नराखी लामो समयदेखि पर्साको जगरनाथपुरमा रहेको महाबीर एग्रो प्रालिले उत्पादन गरेको राजहंस ब्रान्डको चामल भने भ्रामक विज्ञापन र कम तौलमा नै पर्वमा मात्र नभई वर्षै भरी विक्री वितरण गर्दै उपभोक्ता ठगी गरेको पाइएको हो । तथापि प्रभावकारी कारबाहीको अभावमा विज्ञापन विपरित कम तौलको चामल बजारमा पठाई उपभोक्ता ठगी गर्न नछोडेको हो ।

कार्वाहीमा आनाकानी

उजुरी पश्चात गएको असोज १२ गते अनुगमन टोली उद्योगमा पुग्दा तथ्य सतहमा आएको छ । टोलीलाई अनुगमनका क्रममा बाधा पु¥याएको दफामा रंगेहात दण्डित गरेको पुष्टि भएको छ । तर अनुगमन अधिकृत बाणिज्य कार्यालयका प्रमुख सुनिल चौरसिया लगायतले भने व्यानर नभएकोले ५० हजार जरिवाना गरिएको दावी गर्दै आएका छन् । तर अनुगमन टोलीको अनुसुची फारम २ मा उल्लेख भएको दफा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ड) अनुगमन टोलीलाई अनुगमनमा बाधा पारेको कसुर आकर्षित बुँदा हो । उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरी पश्चात भएको अनुगमनमा पनि नियामक निकायको कमजोरी सतहमा आएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद ३ अन्तर्गत उत्पादकको दायित्व सम्बन्धी दफा ७ को खण्ड (छ) तथा परिच्छेद ४ अन्तर्गत दफा १६ को उपदफा (२) को खण्ड (ख) बमोजिम र विज्ञापन नियमन ऐन, २०७६ को दफा ५ ले भ्रमपूर्ण विज्ञापन गर्न नहुने प्रष्टै उल्लेख छ । तर महाबीर एग्रोले सो कार्य पालना नगरेको उपभोक्ता हित संरक्षण मञ्च पर्साको तर्फबाट सचिव विशाल झाले जिल्ला प्रशासनमा गएको जेठ ८ गते दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

उपभोक्तालाई वस्तुको वास्तविक परिमाण, गुणस्तर र विशेषता’bout सही जानकारी दिनु उत्पादकको दायित्व भए पनि हरेक २० केजी उल्लेख गरिएको बोरामा आधा केजी दाल सित्तैमा भने बमोजिम साढे २० केजी तौल नपुगेको अनुगमन टोलीमा गएका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले पनि स्वीकारे ।

बजार पठाइएको सामान उतै खपत, अनुमगनले माखो मारेन
देशका विभिन्न ठाउँमा बिक्री–वितरण हुँदै गरेको महाबिर एग्रोबाट उत्पादित राजहंस ब्रान्डको चामल प्रतिबोरा आधा केजी कम रहेको अनुगमन टोलीमा सहभागीहरु सदस्यहरुले फेला पारेका छन् । तर उसको विज्ञापनमा २० केजीको चामलमा आधा केजी दाल समेत भनी उपभोक्तालाई गलत विज्ञापन प्रचार गरेको भेटिएको छ । विज्ञापन विपरित तथ्य फेला पर्दा उपभोक्ता ऐन अनुसार बजारमा पठाइएका कम तौलको सबै चामल संकलन गरी वास्तविक तौल, प्याकेजिङमा बजारमा पठाउन पर्ने हुन्छ । मञ्चको माग पनि त्यही छ । साथै विज्ञापनमा गरिएको दाबी अनुसार सहि तौल हुनुपर्ने अन्यथा झुठा विज्ञापन गर्न मनाही रहेको समेत ऐनमा प्रष्टै भनिएको छ ।

महाबीर एग्रोलाई बोर्ड नराखेकोमा एक पटकलाई ५० हजार जरिवाना गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । एउटै पाटीलाई डबल कार्वाही गर्नु उचित नहोला भनी एक पटकलाई सचेत गराइएको उनको तर्क छ । अन्यथा सबै डकुमेन्ट हेरेर कैफियत फेला परे थप कार्वाही पनि हुने सक्ने उनले बताए ।

उपभोक्ता सधैं ठगिदै
चाडपर्वको समयमा उपभोक्ता ठगिनबाट जोगाउन उजुरीमाथि शीघ्र छानबिन गरी तुरुन्त निर्णय लिन पर्ने मञ्चका केन्द्रिय सदस्य अजित भुजेलले बताए । २०८३ असोज ८ गते जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रुपमा महाबीर एग्रोको बदमासी उपर उजुरी दर्ता गरेको थियो । सो उजुरीको दर्ता नम्बर ८१८-०८३-६-८ छ । तर कार्वाहीको विलम्बले नेपालीका ठूला पर्वहरुको समयमा महाबीर एग्रोले साविककै तरिकाले वास्तविक तौलको चामल बजारमा नपठाई नियमनकारी निकायलाई समेत अनदेखा गरेको स्थानीयको आरोप छ । तर एग्रोका प्रतिनिधि अंकित शर्मा भने जिल्ला प्रशासनमा सबै डकुमेण्ट दिएको दावी गर्छन् । कैफियत फेला पर्दा पनि उन्मुक्ति दिने नियमनकारी निकायको कार्यले आशंका बढाएको उपभोक्ताको हितमा काम गर्ने अधिकारकर्मीहरुको दावी छ ।

गएको असोज १२ गते वाणिज्य कार्यालयको नेतृत्वमा अनुगमन टोलीले जगरनाथपुरस्थित महाबिर एग्रो प्रा.लि.मा पुगी तौल गरेर हेर्दा चामलको बोरामा उल्लेख गरिएको वास्तविक तौल नभेटिएको अनुगमन टोलीमा सहभागी सुरक्षाकर्मीले पनि बताए । अनुगमनका क्रममा चामल र दाल सहितको कुल तौल २० केजी मात्रै भेटिएको टोलीमा सहभागीहरुले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ को दफा १६ को २ को (ख) मा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी बस्तु विक्री गर्न नपाइने भनी प्रष्टै उल्लेख गरिएको छ । बुँदा नै महाबीर एग्रो प्रा.लि.ले उलंघन गरिएको उनीहरुले बताए ।

मुख्य कैफियतमा कारबाही बाँकी

वाणिज्य कार्यालयको अनुगमन फारम २ मा उल्लेख उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ड) छ । तर जिम्मेवार अधिकृतहरुकै भनाई साइनबोर्ड नराखेको बिषयमा दण्डित गरिएको दावी छ । यसो हो भने पनि उपभोक्तालाई भ्रमपूर्ण विज्ञापन गरी झुक्यानमा पारी विक्री बितरण गरेको उजुरी उपर भने कार्वाही हुन बाँकी रहेको खुलेको हो । मंगलबार जिल्ला प्रशासनमा सहायक सिडिओ साहवसँग बसी यसको छिनोफानो गर्ने बाणिज्य कार्यालयका अनुगमन अधिकृत चौरसियाको दावी छ ।

उजुरी दर्ता भइसकेको र अनुगमनसमेत गरिएको कम्पनीका ’bout चाँडो निर्णय लिनु श्रेयकर हुने मञ्चका केन्द्रिय सदस्य अजित भुजेलले पनि बताए ।

वाणिज्य कार्यालय चुक्दै
गुनासो दर्ता, अनुगमन र जरिवानाको प्रक्रिया अघि बढिसकेको अवस्थामा भ्रमपूर्ण विज्ञापन सम्बन्धी मुख्य उजुरीमा सम्बन्धित निकाय कमजोर प्रस्तुत भएको मञ्चको आरोप छ । जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य कार्यालय यस्ता बिषयमा आफै अग्रसर हुनु पर्ने, उजुरीका अतिरिक्त पनि कमजोर प्रस्तुत हुनु अवैध आर्थिक लाभको आशंका हुने मञ्चका जिल्लास्थित पदाधिकारीको आरोप छ ।

तथापि नियमनकारी निकायका जिम्मेवार व्यक्ति भने एकले अर्काको टाउकोमा जिम्मेवारी फ्याँकी ठोस कदम चाल्न आनाकानी मै रहेको खुलेको हो । उपभोक्ता अधिकारको विषय एउटा उद्योगमा मात्र केन्द्रित नगरी समग्र वस्तुको तौल, गुणस्तर र विज्ञापन सम्बन्धी कुरामा नियमन नपुगेको उपभोक्ता हितमा काम गर्ने धेरैको आरोप छ । साथै उपभोक्ता पनि सचेत हुनुपर्नेमा उनीहरुले जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजीले राखे कांग्रेसका नवनिर्वाचित सभापतिसँग विभिन्न माग