महाबीर एग्रोको प्रोडक्टले भ्रामक बिज्ञापन गरेको पुष्टि

वीरगंज । पर्सामा संचालित महावीर एग्रो प्रोडक्टले उत्पादन गरेको राजहम्स ब्राण्डको चामलको बोरामा विज्ञापन गरे अनुसार तौल नपुगेको पुष्टी भएको छ । भ्रमपूर्ण विज्ञापन गरी उपभोक्ता ठगी गरेको भन्दै स्थानीय प्रशासनले दुई लाख रुपैयाँ नगद जरिवाना गरेपछि तथ्य सतहमा आएको हो ।

२ लाख रूपैयाँ जरिवाना

बजारमा पठाइएका सबै चामल फिर्ता ल्याउन पनि स्थानीय प्रशासनले कडा निर्देशन दिएको छ ।

महावीर एग्रोले आफ्नो ‘राजहंस’ ब्रान्डको २० केजी चामलको बोरामा आधा केजी दाल सित्तैमा दिने विज्ञापन गरेको थियो। तर, बोरामा दालसहितको कुल तौल नै २० केजी मात्र बनाएर उपभोक्तालाई उद्योगले ठगी गर्दै गरेको अनुगमनका क्रममा फेला परेको हो ।

उपभोक्ता ठगी गरिरहेको उपभोक्ता हित संरक्षण मंच नेपालले गएको भदौ ८ गते उजुरी पनि दिएको थियो । त्यसका आधारमा गत असोज १२ गते पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा अनुगमन टोलीले एग्रोको उद्योगमा छापा मारी गरेको थियो ।

छापा मार्ने क्रममा उद्योगको बोर्ड समेत नराखेको भेटिएपछि तत्काल 50 हजार जरिवाना पनि गरेको थियो । साथै थप अनुसन्धानमा जुटेको टोलीले बुधबार २ लाख नगद दण्ड जरिवाना गरी बजार पठाइएको कम तौलको चामलको बोरा फिर्ता ल्याउन समेत निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रशासनले बजारमा पठाइएका सबै चामल तत्काल फिर्ता ल्याई नयाँ र सही प्याकिङ गरेर मात्र पुनः बिक्री-वितरण गर्न महावीर एग्रोलाई स्पष्ट निर्देशन दिएको पनि उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार