एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौं । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपीएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन ।

यस सिजनको एनपीएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलंकाका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु