Saturday, December 5, 2020
Home प्रदेश प्रदेश ७ प्रधानसेनापति र सशस्त्रका आईजीपी छांगरु पुगेर फर्किए

प्रधानसेनापति र सशस्त्रका आईजीपी छांगरु पुगेर फर्किए

नागरिक सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँछौं : आईजीपी खनाल

दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुलाको छांगरु पुगेका छन् । प्रधानसेनापति थापा सेनाको अस्थायी बेस निरीक्षण र आईजीपी खनाल सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्न सैनिक हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन् । दुवै जना बुधबार नै काठमाडौं फर्किएका छन् ।

सरकारले हालै भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा समेटेपछि सुरक्षा अधिकारीको सीमा क्षेत्रमा यो पहिलो भ्रमण हो । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएको १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमामा निगरानी गर्दै आएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाको भवन उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् ।

व्यास गाउँपालिका–१ छांगरुमा गत ३१ वैशाखमा स्थापना भएको बीओपी निरीक्षण गर्न दार्चुला आएका आईजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका थिए ।

व्यास गाउँपालिका–१ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि आईजीपी खनालले खलंगामा निर्मित गुल्म भवनको उद्घाटन गरेका थिए । भवनको उद्घाटन गर्दै आईजीपी खनालले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशील रहेको बताए । उनले भने, ‘सीमित स्रोत साधनबीच सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।’

उनले अहिले देशभर सशस्त्रको बोर्डर आउट पोस्ट स्थापना भइरहेको र दार्चुलामा पनि छिट्टै सशस्त्र प्रहरीको थप पोस्ट स्थापना हुने बताए । यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजिवी र व्यासको दुम्लीङमा बोर्डर आउट पोस्ट राख्ने सशस्त्रको तयारी छ । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएको १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सीमा निगरानी गरिरहेको आईजीपी खनालले बताए ।

‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,’ उनले थपे, ‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्नेछौं ।’ आईजीपी खनालले स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने पनि जानकारी दिए ।

सीमामा बस्ने नागरिकलाई स्वास्थ्य सेवा जरुरी रहेको औंल्याउँदै आईजीपी खनालले व्यासको छांगरु तिंकरमा कम्तीमा १५ शøयाको अस्पताल तत्काल निर्माण गर्नुपर्नेमा जोड दिए । ‘हामी पनि स्वास्थ्य संस्था स्थापनाका लागि पहल गर्छाैं, सञ्चार माध्यमले पनि पहल गर्नु जरुरी छ,’ आईजीपी खनालले भने, ‘सशस्त्र प्रहरीबाट चिकित्सक नै खटाउनुपर्छ भने पनि हामी तयार छौं ।’

यो क्षेत्रमा अहिले ६ महिना मात्रै स्वास्थ्य चौकी खुल्ने गरेको छ । तर, भौगोलिक रूपमा विकट भएका कारण यो क्षेत्रमा जनशक्ति नै बस्न मान्दैनन् । आईजीपी खनालले नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी काम भइरहेको भन्दै व्यासमा गुल्मका लागि भवन निर्माण प्रक्रिया अघि बढेको पनि बताए । सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि भवन निर्माण गर्न ११ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

प्रधानसेनापतिद्वारा दार्चुला–तिंकर सडक निरीक्षण
प्रधानसेनापति पूर्णचन्द्र थापाले दार्चुला–तिंकर सडक क्षेत्रको निरीक्षण गरेका छन् । सरकारले गत १४ वैशाखमा नेपाली सेनालाई दार्चुला– तिंकर सडकखण्डको ८७ किलोमिटर सडकको निर्माणको जिम्मा दिएको थियो । आर्थिक वर्ष २०६५-६६ बाट निर्माण सुरु भएको दार्चुला तिंकर सडकको काम सुस्त भएपछि सरकारले पछिल्लो समय सो सडकको बाँकी काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको हो । हाल दार्चुला तिंकर सडकको ४० किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।

यो पनि पढ्नुहोस   बेथितिको विकासले ‘जलचर संकटमा’

यो क्षेत्रमा अहिले नेपाली सेनाले थी भन्ने ठाउँमा बीओपी राखी अवरुद्ध घोरेटोबाटो निर्माणको कार्य सुरु गरेको छ । ९ जेठबाट नेपाली सेनाले ४ सय ५० मिटर क्षेत्रमा अवरुद्ध रहेको घोरेटोबाटोको निर्माण कार्य सुरु गरेपछि त्यो क्षेत्रको समेत प्रधानसेनापति थापाले निरीक्षण गरेका हुन् ।

नेपालतिर भएर व्यास गाउँपालिका–१ जान बाटो नभएपछि यो क्षेत्रमा नेपाली सेनाले बाटो निर्माणको कार्य थालेको छ । सेनाले अहिलेसम्म झन्डै १ सय २० मिटर घोरेटोबाटोको ट्र्याक खुलाइसकेको छ ।

घाटिबगर क्षेत्रमा अहिले सेनाले घोरेटोबाटोको ट्र्याक खोल्ने काम गरिरहेको छ । मौराभेल क्षेत्रमा अझै खुलाउन बाँकी छ । पूरै चट्टानी भूभाग भएकाले ट्र्याक खोल्न ढिलाइ भएको छ । प्रधानसेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न निर्देशनसमेत दिएका थिए ।

सामरिक महŒवको व्यासको छांगरु–तिंकर तथा कालापानी क्षेत्रसम्म जानका लागि आफ्नै भूमि भएर घोरेटोबाटो नहुँदा सरकारलाई बाटो खोल्नैपर्ने दबाब परेको थियो ।

भारतले एकतर्फी रूपमा नेपाली भूमि भएर सडक उद्घाटन गरेपछि यस क्षेत्रमा नेपाली सेनामार्फत चाँडोभन्दा चाँडो सडक निर्माण र घोरेटोबाटो खुलाउनुपर्ने बाध्यता छ । बाटो नहुँदा यहाँका व्यासी सौका समुदाय भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए । अन्य स्थानीयले अझै पनि आफ्नो गाउँ जान पाएका छैनन् ।

सेनाले थोरै भए पनि घोरेटोबाटो खुलाउने प्रयास गरेपछि स्थानीयसमेत खुसी छन् । बाटो नहुँदा कैयौं स्थानीय अहिले पनि गाउँ पुग्न सकेका छैनन् । व्यासका स्थानीयका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन । सुरक्षा निकायका लागि हेलिकोप्टरमार्फत खाद्यान्न र बन्दोबस्तीको समान ढुवानी गरिएको थियो ।

उनीहरूले सदरमुकाम खलंगामा सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको अवस्था र सीमाको अवस्थाबारे जानकारीमसेत लिएका छन् । ब्रिफिङमा समग्र जिल्लाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूले आफ्नो काम र भइरहेको गतिविधिबारे जानकारी गराएका छन् ।

जिल्लामा सशस्त्र प्रहरीले गण स्थापना गर्ने तयारी गरिरहेको बेला नेपाली सेनाले पनि सेनाको उपस्थिति बढाउने संकेत गरेको सुरक्षा अधिकारी बताउँछन् । अपी नाम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा नेपाली सेना राख्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले विभागमा छलफल चलाएको छ । सेनालाई व्यासमा उपस्थिति गराउनेबारे केन्द्रमा छलफल सुरु भएसँगै सेनाले व्यास क्षेत्रको अवलोकन गरेको हो ।

भारतीय अतिक्रमणमा परेको व्यास गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको छ । सरकारले २०६७ सालमा स्थापना गरेको अपी नम्पा संरक्षण क्षेत्रअन्तर्गत व्यासको छांगरु, राप्ला र सुनसेरामध्ये एक क्षेत्रमा सेनाको उपस्थिति हुने विषयमा छलफल भइरहेको छ । तर, यो क्षेत्रमा सेना राख्ने विषय भने टुंगिएको छैन ।

(Visited 183 times, 1 visits today)
Loading comments...

आजको समाचार

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

साताका लोकप्रिय समाचार

आर्सनललाई सफलता

लन्डन । युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गर्दा अस्ट्रियन क्लब रापिड वेनलाई ४–१ ले हराएको...

सदस्यसचिव सिलवालले सागको खर्च सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले आइतबार पत्रकार...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

ट्रेन्डिङ

प्रधानमन्त्रीले अर्ग्यानिक खानुस् भन्दा बुद्धीजिबीले खिल्ली उडाए : योगेश भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले हामी यो सानो देशको लघुताभाषबाट मुक्त हुनुपर्ने धारणा राखेका छन् बिहीबार राष्ट्रिय सभामा विनियोजित शिर्षक...

चोरीमा संलग्न दाजु र मतियार बहिनीसहित ४ जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले नगर क्षेत्रमा चोरीमा संलग्न एक कुख्यात चोरसहित अन्य तीन जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कुख्यात चोर...

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

डडेल्धुरा । परशुराम नगरपालिका वडा नं.१० का २८ वर्षीय युवक कोरोनासंग जितेर सोमबार घर फर्किएका छन् । डडेल्धुरा जिल्लाका पहिलो कोरोना संक्रमित युवाको दोश्रो...

चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

काठमाडौँ । कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको...

आयोवा प्रारम्भिक चुनाव : पिट बुटिगिग र बर्नी स्यान्डर्सको अग्रता

आयोवा । अमेरिकी डेमोक्रयाटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्वमेयर पिट बुटिगीग र सिनेटर बर्नी...

राजस्व छलीमा संलग्न विभिन्न फर्महरू र व्यक्तिविरुद्ध मुद्दा

काठमाडौं । राजस्व माराको ध्यान मुलुक लकडाउनको मौकामा पनि जान सक्ने भन्दै विशेष सक्रियता देखाएको राजस्व अनुसन्धान विभागले भन्सार चोरी तथा नक्कली विजक प्रयोग...

हैदराबादको सहज जित

युएइ । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

धेरै पढिएका

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

नेकपा कुनै पनि हालतमा फुट्दैन : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण...

बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै...

वीरका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पताल शिलान्यास

(Visited 90 times, 1 visits today)