राष्ट्रिय प्रदर्शनी रोक्दै ललितकलाले ग-यो पुरस्कार घोषणा

काठमाडौं । लकडाउनलाई कारण देखाउँदै तीन महिनादेखि चुपचाप अवस्थामा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यो वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ पनि गरेन । प्रतिष्ठानले कोरोना भाइरस संक्रमण बढेको कारण प्रदर्शनी रोक्नुपरेको जिकिर गरेको छ ।

२ वैशाखदेखि सञ्चालन गर्ने भनिएको उक्त प्रदर्शनी कोरोना भाइरस (कोभिड–१९)को कारण भएको बन्दाबन्दीले रोकिएको (नाफा)ले बताएको हो । प्रदर्शनी गर्न सम्भव नभएको हुँदा हाल वैकल्पिक (अनलाइन वा अन्य) माध्यमबाट प्रदर्शनी गर्ने विषयमा छलफलसमेत भइरहेको नाफाले जनाएको छ । तर, कहिलेबाट प्रदर्शन गर्ने भन्ने’bout प्रतिष्ठानले केही पनि प्रतिक्रिया दिएको छैन ।

यो प्रदर्शनीको बजेट फ्रिज हुन लागेपछि प्रदर्शनीकै बेला प्रदान गरिने सम्मान र पुरस्कार हुनेको सूचीमा भने प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको छ । प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले एक विज्ञप्तिमार्फत सो नाम सार्वजनिक गरेका हुन् ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ हुन नसके पनि यो प्रदर्शनीका लागि आवश्यक कला प्राप्त भएको र तिनै कलाको आधारमा पुरस्कृत घोषणा गरिएको पनि ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ । यो पुरस्कार प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्दै आएको छ । यसपटकको पुरस्कार प्रदानको मिति घोषणा नगरिए पनि पुरस्कृतको नाम बुधबार बाहिर ल्याइएको हो ।

यसपटक १ लाख रुपैयाँ राशिको राष्ट्रिय अरनिको सम्मान–२०७७ काठमाडौंका शंकरनाथ रिमाललाई प्रदान गरिने भएको छ । १ लाख रुपैयाँको यही पुरस्कार ललितपुरका शन्तकुमार शाक्यलाई पनि प्रदान गरिने घोषणा गरिएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७ मा संकलन भएका कलाकृतिमध्ये मूल्यांकन गरी विधागत रूपमा राष्ट्रिय ललितकला पुरस्कार र विशेष पुरस्कारबाट पुरस्कृत कलाकार यसप्रकार रहेका छन् । जसमा ६० हजार रुपैयाँ राशिको राष्ट्रिय पुरस्कार हस्तकला विधाबाट मिलन शेरचनलाई, परम्परागत मूर्तिकला सुरेश लावट (तुलाधर)लाई, आधुनिक मूर्तिकलामा भूषण दुवाललाई, आधुनिक चित्रकलामा गणेश जिसीलाई, परम्परागत चित्रकलामा कृष्णराम घेमेसुलाई, लोककलामा लक्ष्मण मण्डललाई, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाबाट प्रमिला लामालाई प्रदान गरिने घोषणा गरिएको छ ।

त्यस्तै, राष्ट्रिय पुरस्कार नै हस्तकला विधाबाट माणिकमान शाक्य र राजेश महर्जन विशेष पुरस्कार प्रदानको घोषणा गरिएको छ । परम्परागत मूर्तिकलाबाट शुभरत्न बज्राचार्य, डा. रामसागर पण्डित, आधुनिक मूर्तिकलातर्फ विशाल सारु मगर र देवेन्द्रप्रसाद पाण्डे, परम्परागत विधामा विनम्र डंगोल, जिग्मे तामाङ, आधुनिक चित्रकलातर्फ सुरेश बस्नेत, विद्यमान तामाङ र दलबहादुर राई, लोककला विधातर्फ मित्थु थारु र बाबुराम बस्ताकोटी तथा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधातर्फ सुमन राई, कुशल कार्की, रवि मिश्रलाई पुरस्कृत गरिने घोषणा गरिएको छ । उनीहरूले २५ हजार नगदसहित प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, २५ हजार राशिको यो वर्षको प्रादेशिक पुरस्कारतर्फ प्रदेश १ बाट कौशिला राई, प्रदेश २ बाट रुविकुमारी कर्ण, बागमती प्रदेशबाट प्रकाश मिजार, गण्डकी प्रदेशबाट दलबहादुर गुरुङ, प्रदेश ५ बाट आकाश बुढामगर, कर्णाली प्रदेशबाट मीनबहादुर नेपाली तथा सुदूरपश्चिम प्रदेशबाट गणेशदेवी चौधरीलाई प्रदान गरिने घोषणा गरिएको छ ।
यो वर्षको २५ हजार रुपैयाँ राशिकै ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७ प्राडा लय मैनालीलाई र २५ हजार रुपैयाँ राशिकै ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७ पत्रकार केशवराज खनाललाई प्रदान गरिने पनि ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति