काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । आज सम्पन्न आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो । २१८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ५४ रन बनायो ।
२१७ रन बनाउने क्रममा पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए ।
बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । यस्तै मार्क वाटले एक विकेट लिए ।
जवाफी ब्याटिङ गर्ने क्रममा कर्णाली याक्सका लागि पवन शर्राफले ३२, अरिफुल स्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए । बलिङतर्फ पोखरा एभेन्जर्सका लागि मेहदी हसनले तीन, धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई दुई विकेट लिए ।
सम्बन्धित समाचार
एनपीएल–३ : आज दुई खेल हुँदै
एनपीएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
श्रीलंकाका परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते
एनपीएलमा आज दुईवटा खेल
सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?
प्रधान न्यायाधीशलाई महाभियोग नलगाउन रास्वपा संसदीय दललाई निर्देशन
निजामती अध्यादेश र महाभियोगको समानान्तर तयारी






