काठमाडौं । झापामा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ सडकखण्डमा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किएर दुई युवकको मृत्यु भएको हो ।
राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ का १७ वर्षीय अशोक राजवंशी रहेका छन् ।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक भागेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
आज गोवर्धन, बली, गोरु र हलीको पूजा गरिँदै
बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ





