वीरगन्ज । पर्यटन प्रवर्द्धन गरी मुलुकको समृद्धिमा टेवा पु¥याउने ध्येयमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेश प्रदेशले अझ सकृयता बढाएको छ । छिमेकी प्रदेश र भारतको बिहार राज्यका सरोकारवालालाई समेत समेटी अगाडी बढ्ने लक्ष्यसहित नाटा मधेश प्रदेशले बिहिबार बाराको सिमरामा वृहत कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा नेपाल भारत दुवै तर्फका सरोकारवालाले पर्यटन प्रवद्र्धन गर्न ऐक्यवद्धता जनाएका छन् । पर्यटन प्रवद्र्धनका क्षेत्रमा केही संघ संस्थाहरु सकृय भएझैं गरी निस्कृय हुने गरेका छन् । तर राज्य समेत सुतिरहेको तथा होस खुलेको समयमा एकदुई कार्यक्रम गरी सुस्ताएको जस्तो छ । तर नाटा मधेश प्रदेशले भने पर्यटन प्रवद्र्धन गरी मुलुकको समृद्धिमा टेवा पु-याउन राज्यलाई समेत घच्घच्याउने गरी लगातार विभिन्न कार्यक्रम गर्दै आएको छ । आठ (८) वटा जिल्ला रहेको प्रदेश र सबै जिल्ला छिमेकी मुलुक भारतसँग जोडिएको मधेश प्रदेशमा पनि पर्यटनको अपार सम्भावना रहेको दावी सहित नाटाले विहिबार सिमरामा गरेको कार्यक्रममा दुवै देशका सरोकारवालाले एकैमत जनाएका हुन् ।
मधेश प्रदेशमा धार्मिक पर्यटन, पर्यापर्यटन र कृषि, उद्योग तथा चुरेपर्वत सृंखलालाई समेटी पर्यटनको विकास गर्न सकिने नाटाको निष्कर्षलाई सहभागीहरुले सहमति समेत जनाए ।

दोहोरो सहकार्यको खोजी
पर्यटनका क्षेत्रहरु पहिचान गरी प्रवद्र्धन गर्दै होटल सेवा तथा गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने ध्येयसहित बिहिबार पनि भारतको दिल्ली स्थित पीएचडीसिसीआइ र बिहार राज्यको बाल्मिकी टाइगरका प्रतिनिधि तथा भारतीय महाबाणिज्य दूतावासका महाबाणिज्य दूत समेत सहभागी गराई मधेश प्रदेशमा धार्मिक, कृषि, औद्योगिक र निकुञ्ज क्षेत्रको पर्या–पर्यटनबाट पर्यटकहरुलाई लावान्वित गर्न सकिने तथ्य सुझाएको छ ।
नेपाली पर्यटक भारत जाँदा होस् या भारतीय पर्यटक नेपाल आउँदा होस् दुबै तर्फका पर्यटकलाई कतै पनि अप्ठयारो नपर्ने गरी राज्य र सरोकारवालाले ध्यान दिन पर्ने तथ्य सहित कार्यक्रम आयोजना गरिएको नाटा मधेश प्रदेशका अध्यक्ष महोन शर्माले बताए । तेस्रो मुलुकबाट आउने पर्यटक मात्र पर्यटक नभई स्थलमार्ग भएर आउने पर्यटक नेपालको लागि अझ प्रभावकारी हुने भएकोले मधेश मधेशको पर्यटन विकास गर्न भारतको बिहार राज्यका सरोकारवाला र मधेश प्रदेशका पनि जिम्मेवार व्यक्ति तथा निकायको संयुक्त सर्किट आवश्यक ठानी दुबै देशका सरोकारवाला एकै थलोमा भेला गर्न जमर्को गरिएको अध्यक्ष शर्माको भनाइ छ ।
नेपालतर्फ सिमरा विमानस्थलको स्तरोन्नति गर्नेदेखि बाराकै निजगढ अन्तराष्ट्रिय एयरपोर्टको निर्माण, पर्वत सृंखलाको पहिचान र विकास तथा रात्रीकालिन पर्यटन प्रवद्र्धनमा समेत थप प्रभावकारी कदम चाल्न सकिने समभावनालाई केन्द्रमा राखी नेपाल भारत दुवै तर्फका सुरक्षा निकायका जिम्मेवार व्यक्तिदेखि पर्यटन क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा निकायलाई कार्यक्रम सहभागी गराइएको उनले विस्तृतमा बताए ।
नाटाको कदम सह्रानीय: महाबाणिज्य दूत
नाटाले अहिले र विगतमा उठाएका एजेन्डा सह्रानीय रहेको र धार्मिक सांस्कृतिक तथा सम्पदा पर्यटनसम्बन्धी कार्यक्रमलाई दुबै देशले नीतिगत रुपमा विकास गर्न सकिने भारतीय महाबाणिज्य दूतावासका वीरगन्जका महाबाणिज्य दूत देवी सहाय बीनाले पनि बताए । आफ्नो तर्फबाट नीतिगत रुपमा पनि पहल गर्ने उनको प्रतिवद्धता पनि छ । नेपाल र भारतलाई समेटी पर्यटन प्रर्वद्धनमा चालेको नाटाको कदमलाई नेपालले पनि नीतिगत रुपमा अगाडी ल्याए आफ्नो तर्फबाट पनि पछि नहट्ने उनको संकेत छ ।
नेपाल अन्तरप्रदेश पर्यटन सहकार्य र बिहार राज्य तर्फ पनि पर्यटन व्यवसायीको क्षमता विकास तथा नेटवर्किङ विकास गर्न पर्यटन मेला, ट्राभल मार्ट तथा प्रवद्र्धनात्मक अभियानमा नाटा लागिरहेको छ । होटल व्यवसाय र पर्यटन क्षेत्रको समस्या समाधानमा सरकारसँग समन्वय गर्दै अगाडी बढ्ने लक्ष्यमा नाटाले विभिन्न कार्यक्रम गर्दै आएको नाटा मधेश प्रदेशका विनोद चौधरीले पनि बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन र व्यावसायिक सहकार्य बढाउने लक्ष्यमा आफूहरु सधैं जुटिरहने पनि उनको तर्क छ ।

अन्तरप्रदेश पर्यटन सहकार्यमा जोड
भारतको पिएचडीसिसीआइका अतुल ठाकुरले नाटाको अगुवाईमा भएको कार्यक्रम निकै प्रभावकारी रहेको बताए । पर्यटन विकासमा आफूहरुको तर्फबाट पनि अझ साथ सहयोग गर्ने उनको पनि प्रतिवद्धता छ । त्यसैगरी भारतकै बाल्मिकी टाइगरबाट आएका सकेत रायले पनि पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र बाल्मिकी टाइगर राष्ट्रिय निकुञ्ज जस्ता वन्यजन्तु हेर्ने र पर्यापर्यटनको विकास गर्ने कुरामा संयुक्त सर्किट बनाउन सके फलदायी हुने सुझाव दिए ।
होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष अशोक टेवानी पनि नेपालको दक्षिण नाकामा लक लगाएर पर्यटन विकास नहुने तर्क गरे । निरन्तर राज्यका जिम्मेवार व्यक्तिहरुसँगका संवाद र छलफलमा आफूहरुले स्थलमार्गका पर्यटकहरुको वृद्धिमा सुरक्षा चेकजाँच सहित पर्यटकसँग गर्ने व्यवहार, राज्यदेखि होटल तथा पर्यटन व्यवसायीसम्मले सुधार गर्दै जानु पर्ने उनीहरुको सुझाव छ ।
नेपालमा होस् या भारतमा होटल तथा पर्यटन व्यवसायी या कर्मचारी एकजनाले पर्यटकसँग गरेको व्यवहारले देशकै छवि माथि प्रभाव पार्ने हुँदा पर्यटनमैत्री व्यवहार अझै दुवै तर्फबाट हुन पर्नेमा कार्यक्रमका अधिकाँश बक्ताहरुले जोड दिए । पर्यटकीय गन्तव्यको प्रचुरता भएको नेपाल तर्फ विगतमा झैं केही नभएको भनी आउने हल्ला सही नभएको होटल तथा पर्यटन व्यवसायी, सेनेकर्मी, खेलाडी तथा नेपालका जिम्मेवार पदमा बसिसकेका युवराज लामाले तर्क गरे । हामीले भनेजति भएको छैन । तर विगतकोभन्दा पूर्वाधार विकासदेखि प्रवद्र्धनात्मक कार्यसम्म पर्यटन व्यवसायका धेरै काम हुँदै आएको उनको भनाइ छ ।
प्रदेशको पर्यटन बजार जोड्ने पहल
पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन तथा कार्यालय प्रमुख अशोक रामले राष्ट्रिय निकुञ्जहरु पर्यटनको प्रमुख गन्तव्य रहेको दावी गर्दै पर्यटकलाई दिने प्रोडक्ट र पर्यापर्यटन, सुडक सुरक्षासँग पनि सरोकार राख्ने उनले बताए । निकुञ्जभित्र सुरक्षित अनुगमनका लागि अझ केही सुधार गर्न पर्ने उनको भनाइ छ । पर्यटन विकास कार्यलयका बारा, पर्सा र रौतहटका प्रमुख अरविन्द यादवले क्रसबोर्डर सहकार्य, सीमामा नै पर्यटन प्याकेजको जानकारी, इको टुरिज्म र त्यसको प्रचारप्रसार व्यवस्थित हुनुपर्नेमा सुझाव दिए ।
पर्यटनको मधेशमा सम्भाव्यता ठूलो, पर्यटक रोक्न चुनौती
मधेश प्रदेशमा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकमध्ये धेरै वीरगन्ज, पर्सा र बारामा रात बिताउनुको सट्टा अन्य गन्तव्य लाग्छन् । यसमा यो क्षेत्रको पर्यटकीय गन्तव्यको ठिक ढंगले पहिचान र प्रचार प्रसार हुन नसकेको सहभागीहरुको ठहर छ । पर्यटकलाई मधेशमै कम्तीमा एकदुई रात बस्ने गरी आकर्षक प्याकेज, गन्तव्य र सुविधा विकास गर्नुपर्ने धेरैको सुझाव छ ।
धार्मिक गन्तव्य तर्फ मधेशमा जानकी मन्दिर, छिन्नमस्ता, गढीमाई, सिम्रौनगढ, सलहेश, भगवान पारसनाथ मन्दिर, भाठाधाम, मिथिला संस्कृति, भोजपुरी संस्कृति जस्ता ऐतिहासिक तथा धार्मिक गन्तव्य छ । यी गन्तव्यलाई एउटै पर्यटन प्याकेजमा जोड्ने, प्रचार गर्ने र पर्यटकलाई खर्च गर्न तथा बस्न प्रेरित गर्ने कार्यक्रम ल्याउन पर्नेमा सहभागीहरुले सुझाव दिएका छन् ।
नाटाका मधेश प्रदेश अध्यक्ष मोहन शर्माको अध्यक्षता भएको कार्यक्रममा सक्रिय सुझाव दिनेमा वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल, पूर्व अध्यक्ष अनिल अग्रवाल, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख गणेश नेपाली, रक्सौलका महेश अग्रवाल, नेपाल मिसेस व्यूटिसियन फष्ट रनर अफ नेहा गुप्ता, उद्योग बाणिज्य संघ निजगढका दीपेन्द्र श्रेष्ठलगायत थिए ।
सम्बन्धित समाचार
नश्ल सुधारमा एक फड्कोः मुरा भैंसी र बोयर बाख्रा अब मधेशमा पाइने
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?
आर्थिक नगरीमा कर दिवसः संकलन सदुपयोगको सवाल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने






