वीरगन्ज । पर्सा, बारा र रौतहटलगायत मधेश प्रदेश किसानको लागि कृषि पसल उत्पादन मात्र नभई पशु–चौपाया पालनको पनि ‘हव’ हो । तर यो क्षेत्रमा उन्नत जातका भैंसी र बाख्राको ‘नश्ल’ पाउन सपना जस्तो थियो । भारत या अरु प्रदेशबाट आक्कल–झुक्कल कुनै किसानले राम्रो जातका चौपाया ल्याए अरु किसानलाई आश्चर्य झैं हुन्थ्यो । तर अब भने त्यो आश्चर्य नहुने पक्का भएको छ ।
कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश, परवानीपुर बाराले नयाँ कार्यक्रम अन्तर्गत यो क्षेत्रका किसान लक्षित नयाँ कार्यक्रम अन्तर्गत मूर्रा जातको भैसी र बोयर जातको बाख्रा ल्याई हुर्काइरहेकोले विगत अब सम्झनामा सिमित हुने भएको हो । पाँच–सात महिनापछि मुर्रा जातका ३ राँगा यो क्षेत्रका किसानको लागि नश्ल सुधार कार्यक्रम अन्तर्गत पाउने गरी निर्देशनालयले हुर्काइरहेको भेटिएको छ । यति मात्र नभई साना ठूला गरी मुर्राजातका कुल राँगा–भैसी २५ वटा बाराको परवानीपुरमा रहेको अनुसन्धान निर्देशनालय भित्रै नमूनाका रुपमा पालिदै गरेको छ ।

‘मुर्रा र बोयर’ पहिलो कार्यक्रम
२००४ सालमा परवानीपुर कृषि केन्द्रका नामले स्थापित यो कार्यालय पछि कृषि अनुसनधान केन्द्र हुँदै लामो समय अस्तित्वमा रह्यो । अझ मुलुकको नयाँ संरचनापछि कृषि अनुसन्धान केन्द्रबाट नाम परिवर्तन हुँदै कृषि अनुसन्धान ‘निर्देशनालय’ मा परिणत भएको छ । यो अनुसन्धान केन्द्र हुँदै निर्देशनालय हुँदासम्म पनि यहाँ विभिन्न नयाँ प्रजातीको धान, गहुँ, आलु, मकै, दलहन र माछाका उन्नत बिऊ उत्पादन गर्न वाहेक चौपाया तर्फ खासै अनुसन्धन केन्द्र सकृय थिएन ।
तर कार्यालयको (प्रमुख) अर्थात निर्देशक स्थानीय विश्वेश्वर प्रसाद यादव आएपछि भने मधेश प्रदेशमा चौपायाको पनि उन्नत प्रजाती आवश्यक रहेको निश्कर्ष सहित नयाँ कार्यक्रम अन्तर्गत चौपायाको पनि उन्नत जात भित्र्याइएको त्यहाँ कार्यरत कृषि वैज्ञानिकहरुको भनाइ छ । निर्देशक यादवकै पहलमा कृषि अनुसन्धान निर्देशनालयले २०८१–०८२ मा पहिलो पटक ‘उन्नत जातको मुर्रा भैंसी र बोयर जातको बाख्रा कार्यक्रम’ ल्याएको उनीहरुको तर्क छ ।

मुर्राको बथान १८ बाट २५ पुग्यो
कृषिको हव मधेश प्रदेशका किसानको समृद्धिमा टेवा पुगोस् भनी निर्देशनालयले उन्नत जातका मुर्रा भैंसी र बोयर जातका बाख्रा कार्यक्रम संचालनमा ल्याएको कृषि अनुसन्धान निर्देशनालयका पशुपंक्षी अनुसन्धान ईकाइ प्रमुख मोहन प्रसाद यादवले राजधानी दैनिकसँग बताए । सुरुमा मुर्रा जातका कुल १८ वटा पाडा–पाडी ल्याई त्यसैलाई बढाउँदै अहिले २५ वटा पु¥याइएको प्राविधिक अधिकृत समेत रहेका ईकाई प्रमुख यादवको भनाइ छ । कार्यक्रम सुरु भएयता ७ वटा भैंसी व्याइसकेको उनको तर्क छ ।
मौसम अनुकुलता र सम्भाव्यता पनि परीक्षण
नार्कको राष्ट्रिय अनुसन्धान कार्यक्रम तरहराबाट २०८१÷०८२ मा उन्नत जातका मुर्रा पाडा पाडीहरु ल्याई मौसम अनुकुलता र सम्भाव्यता परीक्षण भइरहेको कृषि अनुसनधान निर्देशनालयका निर्देशक विश्वेश्वर प्रसाद (विपी) यादवले बताए । त्यो समयमा ठूला भैंसी ५ वटा थिए, बाँकी साना–साना ल्याइएको उनको भनाइ छ । तर ‘०८१ यता यहाँ ल्याएपछि कुल ७ वटा पाडीहरु व्याएर माउ भैंसी भइसकेका छन्’ उनले थपे । यो कदम प्रदेशमा नै पहिलो भएको पनि उनको तर्क छ ।

बोयर बाख्रा पनि ११ बाट बढेर १९ पुगे
उन्नत जातका बाख्रा ‘बोयर’ पनि ११ बाट बढेर १९ पुगेका छन् । सुरुमा १० वटा पाठी र एउटा बोका गरी कुल ११ वटा मात्र ल्याइएको थियो । अहिले ती पनि केही व्याए र १९ वटा भइसकेको निर्देशनाल प्रमुख एवं निर्देशक विपी यादवले बताए । बाख्रा चाही नार्ककै राष्ट्रिय अनुसन्धान कार्यक्रम बन्दीपुर तनहुँबाट ल्याएको निर्देशक यादवको भनाइ छ ।
यी प्रजातीका बाख्रा बाहिरतिर कुल ८०÷९० केजीसम्म पनि भएको उदाहरण छ । तर यहाँ कतिसम्मका ठूला हुन्छन् ? अनुसन्धानकै क्रममा रहेको पशुपंक्षी प्राविधिक अधिकृत मोहन यादवले बताए । बाहिर अरु प्रदेशमा र अन्तराष्ट्रियस्तरमा यो प्रजातीका बाख्रा दैनिक ३ सय ग्राम बढेको उदाहरण छ । तर यहाँ भने दैनिक १ सय ५० ग्राम जति मात्र बढेको पाइएको छ उनले भने ।
निर्देशनालयले पर्सा, बारा र रौतहट लगायत मधेशकै किसानको लागि राम्रो जातका भैसी र बाख्राको नश्ल सुधार गर्न र उनीहरुको आय–आर्जनमा टेवा पुगोस् भनी यो प्रदेशका किसानको समृद्धिका लागि नयाँ कार्यक्रम थपिएको दावी गरेको छ । अहिले यो निर्देशनालयमा कुल १३ वटा कार्याक्रम संचालन भइरहेको पनि कार्यालयले जनाएको छ । जसमध्ये भैसी बाख्रा कार्यक्रम चाही नयाँ कार्यक्रम थपिएको भेटिएको हो ।

समग्रतामा कार्यक्रम
मौसम अनुकुल तरकारीको विरुवा उत्पादन गर्न प्लाष्टिक हाउस निर्मार्णदेखि अनुसन्धान निर्देशनालय भित्र सर्वसाधारण आवतजावत गर्ने बाटो बन्द गरी बाहिर बैकल्पिक बाटो निर्माणको काम पनि निर्देशनालयकै पहलमा भएको खुलेको छ । किसानलाई अरु जिल्लामा अनुगमन भ्रमण गराउने लक्ष्य सहित भारतीय महाबाणिज्य दुतावासबाट सौजन्यमा करिब ६५ लाखजतिको बस उपलब्ध गराउने, प्रदेश नीति तथा योजना आयोगमा कृषि अनुसन्धान उत्कृष्ट केन्द्र नार्कको कार्यालय स्थापना गर्न पहल, राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमको लागि राजविराज १ सप्तरीमा ८ विगाहा ८ कट्ठा ६ धुर जग्गा प्राप्तिको पहल पनि निष्कर्षमा पु¥याउने काम निर्देशनाले गरिरहेको पाइएको छ ।
त्यसैगरी भैंसी तथा बाख्रा अनुसन्धान इकाइलाई अझ व्यवस्थित गर्न बाराको कलैया उपमहानगरपालिका २१, भेडाहामा २७ विगाहा जग्गा प्राप्तिको पहल र परवानीपुर मै अवस्थित बागमती तथा लाल बकैया सिंचाई आयोजना कार्यालयको १० विगाहा जग्गा र कृषि अनुसन्धान निर्देशनालयलाई भवन पनि हस्तान्तरण तथा भोगाधिकारको पहल समेत अन्तिम चरणसम्म पु¥याइएको पनि निर्देशनाले बताएको छ ।
सम्बन्धित समाचार
विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान
गभर्नरको मनोमानीमा जागिर दिने संस्थालाई राष्ट्र बैंकको १५ करोड निकासा
फूलखेतीले फेरिँदै धनगढीका किसानको आर्थिक अवस्था
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी चुनावपछि विश्व बजारमा घट्यो कच्चा तेलको मूल्य






