महामारी र भोकमरीका जुम्ल्याहा पहाड

पुर्खाले भन्थे, ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु ।’ खेतीपातीको काम पनि सुरु भइसकेको छ । कोरोना महामारीबाट निम्तिन सक्ने खाद्यसंकटको लागि अन्नपातको जोहो गर्दै अनिकालमा बीउ जोगाउनु छ । यो समयमा स्वास्थ्य सुरक्षा र नागरिकको अनिवार्य आवश्यकता व्यवस्थापन दुईवटा कुरा महŒवपूर्ण छन् ।

हाल नेपालमा बढ्दो क्रममा रहेको संक्रमितको दरलाई हेर्दा एकान्तवासलाई मुख्र्याइँ बनेर हेल्चेक्र्र्याइँ गर्नु आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो । सरकारलाई दोष मात्र लाउने तर हामी जनता आफ्नो कर्तव्यलाई चटक्कै भुल्ने स्वभावका भएका छौं । अहिले डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी र विशेष गरेर प्रहरीलगायतका सुरक्षाकर्मीले जोखिम मोल्नु परिरहेको छ । सरकारले यी दुई क्षेत्रमा भोकभोकै डटेर रातोदिन व्यस्त रहने नागरिकका ’boutमा गम्भीर भएर सोच्नुपर्छ । अस्पतालकै शøयाबाट संक्रमित बिरामी भाग्नु अज्ञानता हो । मुख्र्याइँ नगरौं ।

अहिलेको परिस्थिति र बन्दाबन्दीको खुकुलो पार्ने शैली नितान्तविपरीत दिशामा छ । हो, मान्छेलाई खानलाउन समस्या छ । अलिकति अभ्यस्त भएकाले सचेत रहनुपर्छ भन्ने छ तर सरकारले भिडभाडलाई नियन्त्रण गर्ने बेलामा खुला गर्दै छ । हिजो जतिखेर सहज नै थियो त्यतिखेर निकै कडा गरिएको थियो । हामी जनता पनि बन्द गरे ‘खोल, खोल’ भन्ने अनि खोल्यो भने ‘किन खोलिस्’ भन्न पनि पछि पर्दैनौं । यसर्थ, अबको बाटो अनिवार्य आवश्यकताका लागि मात्र सुरक्षित रहने गरी खोलौं । नत्र भने इटाली, अमेरिकाकै हालत यहाँ पनि हुने देखिइसकिएको छ । अमेरिकाले हेल्चेक्र्याइँ गरेको जसरी नै हामी गुमराहमा नबसौं । बन्दाबन्दीका वैकल्पिक आधारलाई खोजौं । अब, कृषि र स्वास्थ्यलाई जोड दिएर शिक्षालाई समयोचित अनलाइन कक्षा, ग्रामीण परिवेशमा रेडियो तथा टेलिभिजन शिक्षामा स्थानीय जागरण तथा सहभागिता तथा अन्य उपायलाई अपानाएर अघि बढाउन थालौं । पहिला स्वास्थ्य अनि शिक्षाको सोचलाई अघि राखौं । बाँच्दै नबाँची पढ्न पाइएन, पढाउन सकिएन भनेर धेरै चिन्ता गर्नेभन्दा बढी शिक्षामा वैकल्पिक चिन्तन तथा दूर तथा खुला शिक्षाको अवधारणाको परिवेश र पूर्वाधारमा जुट्नुपर्छ । यो एउटा चुनौतीले सिकाएको पाठ पनि हो ।

व्यापार विकासको लक्ष्यसहित कृषिमा माटोमैत्री बीउबिजन र खेती प्रणाली सुरु गरौं

कुरा गरौं आजकै अवस्थाको, वास्तवमा बिरामीले यो रोग कसैलाई नसरोस् भनेर सतर्क रहनु सबैभन्दा ठूलो सहयोग हो । संक्रमितले केवल डराउने मात्रै कुरा पनि त होइन भन्ने कुरामा हेक्का राखेर संक्रमितले आपूm बिरामी भइहाले पनि अरूलाई नसरोस् भनेर सहयोग गर्ने हो भने पनि संक्रमण यसरी बढ्ने थिएन । यो लेख तयार पार्दासम्म विश्वमा ८१ लाख २८ हजारभन्दा बढी संक्रमितमध्ये झन्डै ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको भए पनि ४२ लाख ४२ हजारभन्दा बढी त निको भइसकेका छन् । यो संकटको घडीमा मानिसले धैर्य र आपूmभित्रको हिम्मतलाई अघि बढाउनु आवश्यक छ । आपूm सचेत रहेर यसको खतरा अरूमा नरहोस् भन्नु ठूलो मानवीय दायित्व हो । बाँच र बचाऊको सिद्धान्तलाई हामीले किमार्थ भुल्नुहुन्न । तथापि, एक जना व्यक्तिले बढाउने खतराका खातिर पनि अब त कोरोना अस्पतालमा समेत सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।

यो लेख तयार पार्दासम्म नेपालमा ६ हजार २ सय ११ जना संक्रमित देखिएका छन् भने ५ हजार १ सय ५१ जना बिरामी हुनुहुन्छ । त्यसमा पनि १ हजार ४१ जना निको भइसक्नुभएको छ । कोरोना संक्रमित कस्तो सुविधा दिन्छौं र कस्तो व्यवहार गर्छौं भन्ने प्रश्न गम्भीर छ । अहिले लामखुट्टेको जोखिम बढिरहेको छ । शौचालयको राम्रो व्यस्था छैन । महिला र पुरुषका लागि उपयुक्त व्यवस्थापन भएका छैनन् । हाम्रो देशमा सबैभन्दा दुःखद कुरा मृत्युपश्चात् कोरोना पुष्टि भइरहेको देखिन्छ । जीवित हुँदासम्म लापर्बाही छ । सरकारले एकान्तवासमा रहनुहुनेका लागि स्वास्थ्य सुरक्षा तथा उचित वासस्थानलाई तथा एकान्तवासभित्रबाटै आपसी सम्पर्कबाट सतर्क रहनेगरी व्यवस्था गर्ने’bout सोच्नुपर्ने हो । अर्कोतिर १९ जनाको दुःखद् मृत्यु हुनुको पछि आत्मसमीक्षा नहुनु ठूलो कमजोरी भइरहेको छ ।

कोरोना नै पहिलो महामारी होइन !
कोरोनाले मानिसलाई अलिकति प्राकृतिक जीवन जिउने सन्देश छोडिरहेको छ । भूकम्पले घरबाहिर लखेट्यो, कोरोनाले घरभित्रै राखिदियो । आखिर प्रकृतिले समयसमयमा आपूmलाई सन्तुलन राख्न यस्ता घट्ने हुन् कि भन्न पनि सकिन्छ । १३औं, १४औं शताब्दीतिरै प्लेग रोगका कारण सहरीक्षेत्र प्रभावित भएको इतिहासलाई पढ्दा, १३४७ तिर युरोप (इटाली) तिर पैmलिएको ब्ल्याक डेथले करिब २० करोड मान्छे मरेका रहेछन् । अझ उक्त समयमा त प्रविधिले यति धेरै फट्को मारिसकेको थिएन नै । तापनि, युरोपभरि एक तिहाइ मानिसको मृत्यु भएपछि त्यहाँ किसानी क्रान्ति भयो । खेती गर्ने पद्धतिका कारण जमिन हुनेसँग जनशक्ति नहुने र जनशक्तिसँग जमिन नहुने अवस्थाले पश्चिमी युरोपले मोहोडा बदल्यो । तब त्यहाँ मजदुरको मूल्य बढ्यो । एक प्रकारले महामारीले कृषि क्रान्तिको अप्रत्यासित मार्गलाई समायो ।

संक्रमितले यो रोग कसैलाई नसरोस् भनेर स्वयं सतर्क रहनु सबैभन्दा ठूलो सहयोग हो

१५औं शताब्दीमा अमेरिकामा पनि मौसमी महामारी र जलवायु परिवर्तनले ठूलो संख्यामा मानिसको मृत्युभएपछि एउटा इतिहास नै बदलियो । सन् १९५० तिर पैmलिएको बिफरका कारण करिब ५ करोड ६० लाख विश्वका मानिसको चिहान हुनु सामान्य कुरै थिएन । सन् १९१८ को स्पेनिस फ्लुका कारण लगभग ५ करोड मानिसको ज्यान गयो । अफ्रिकामा पनि सन् १८८५ ताका पैmलिएको भाइरसले भोकमरी मच्चाइदियो । सन् १६४१ मा प्लेगका कारणले नै शक्तिशाली मिङ राजवंशको तीन दशकसम्मको शासनसत्तालाई ढालिदियो । यस्तो समस्यासमेत आयो, जहाँ मानिसले भोकका कारण मान्छेकै मासु खानुपर्ने स्थिति सिर्जना हुँदा लासलाई समेत खाएको इतिहास छ ।

३००० ईशापूर्वदेखि आजसम्म प्राग्ऐतिहासिक महामारी, प्लेग (एन्टोनाइन, साइप्रियन, जस्टिनियन, अमेरिकन आदि), विभिन्न फ्लु, हैजा, इबोला, कोरोनालगायतका विभिन्न करिब दुई दर्जन जति महामारीले संसारका मानिसलाई तहसनहस बनाइदिएको इतिहास छ । फलतः कतिपय व्यवस्था ढले, कति साम्राज्यको शैली परिवर्तन भयो भने कतिपय क्षेत्रले नवीन पद्धतिलाई अँगालेर अघि बढे । हुन त धेरैजसो महामारीलाई बाँदर, कुखुरा, सुँगुर, चमेरा आदिबाट मानिसमा सरेको देखिन्छ । यद्यपि, वास्तवमा प्राकृतिक पारिस्थितिक पद्धतिलाई कायम राख्न हरेक वनस्पति, प्राणी, जीवाणुको भूमिका रहन्छ । यदि यो संसारमा बिच्छी, सर्पजस्ता विषाक्त जीवले प्रकृतिका विषजन्य पदार्थलाई ग्रहण नगर्ने हो भने अन्य प्राणीमा त्यसको असर पर्ने वैज्ञानिक मत छ ।

हवाई जहाज, पानी जहाज, रेल यातायात आदि प्रविधिका सहायताले आजको परिवेशमा कोरोना भाइरस विश्व महामारीका रूपमा पैmलिएको हो । चीनको वुहान प्रान्तमा सन् २०१९ को डिसेम्बरतिरै पैmलिएपछि तात्कालीन समयमा नै सतर्कता अपनाउन नसक्नुको परिणामलाई आज संसारले भोगिरहेको छ । हुलमुलबाट टाढा रहने कुरामा देशभित्र होस् या बाहिर सतर्कताको आवश्यकता अनिवार्य छ । विश्व खाद्य संकटको प्रक्षेपण गरिएका आधार र विगतका महामारीका इतिहासले सिकाएको पाठलाई पढेर अब नेपालले त्यसको असरबाट जोगिन कृषि विकासका नवीन तौरतरिकालाई खोज्नु अपरिहार्य छ ।

महामारी पश्चात्को बाटो : आत्मनिर्भरता : कैयौं परिवर्तन र आविष्कारले बन्द गर्न नसकेको भूलोक आज हुलमुलमा जिउ जोगाउन विवश छ । स्वास्थ्यकर्मीलाई तीव्र परीक्षणमा जुटिरहँदा आफ्नो असल कर्म प्रदर्शनको अवसर छ भने आत्मसुरक्षाको चुनौती पनि छ । विश्वका अनुसन्धान केन्द्र कोरोना उपचार गर्ने औषधि निर्माणार्थ लागे पनि हामीचाहिँ सामान्य बचाउका विधिमै सीमित छौं । तर, हामीले पनि हाम्रा भएका प्रविधिलाई उपयोग गरी कमसेकम प्रयास गर्नु वाञ्छनीय हुन्छ । जुन देशले कोरोना उपचारका लागि औषधि निर्माण गर्छ, त्यो मुलुक धनाढ्य बन्ने सम्भाव्यता प्रचुर रहन्छ । साथमा सम्बन्धित देश र आविष्कारकको यश त पैmलिन्छ नै ।

नेपालले २०२८ सालमा ठूलो अनिकाललाई बेहो-यो तर कृषि प्रधान देश भएर पनि कृषिलाई उस्तो नवीनता दिन सकेन । राजनीतिक आरोह–अवरोहका लप्काले थोरै परिवर्तन र धेरै आश्वासन दिइरह्यो । कतिपय समयक्रममा स्वतः भएका परिवर्तनको जस पनि राजनीतिक उपलब्धिमै लगेर गाभिए । अर्थात्, धेरै हदमा सामाजिक, सांस्कृतिक, सांस्कृतिक जीवनका विषय छायामै रहे । जस्तोसुकै कुरामा पनि राजनीति ठूलो कुरा हुनु सबैभन्दा दुःखको कुरा हो । २०४५ र २०७२ का भूकम्पले पनि मानवताको चेतना र आत्मनिर्भरता सिकाएन । यस्ता विपद् व्यवस्थापनको पूर्वतयारी नहुँदा आगो लागेपछि कुवा खन्ने शैलीबाट गुज्रनु परेको पनि छ । गतसाल मात्रै भयंकर बाढी आए, डुबान भए तर पनि सतर्कताका ’boutमा सोच्न सकिएन । यी त आखिर प्राकृतिक विपत्ति थिए । तर, यी घटनाबाट पाठ सिकेर मानवताका हिसाबले पनि अल्पकालीन र दीर्घकालीन योजनातर्पm नेपालमा दलीय एकताको आवश्यकता छ ।

वास्तवमा विकास, अवसर, अध्ययन, स्वास्थ्योपचारको अभिलासाले सहरीकृत गरायो । अझ बढी त द्वन्द्वकालले थुप्रै परिवारलाई नै सहरतिर लघा-यो । भूकम्पले पनि गाउँ फर्काउन सकेन । बरु राहतलाई तह लगाउनका लागि गाउँमा बिस्यार नै भए पनि सानो टहरो बनाइयो । विपत्तिको समयमा चाहिँ गाउँवासीलाई सहरको मोहबाट वितृष्णा हुने रहेछ । मजदुर, विद्यार्थी, सामान्य कामदार, सामान्य पसले आदिलाई कमाएको रकमको थैली रित्तिँदै जाँदा ‘गाउँ फर्क अभियान’कै एउटा चर्को लर्को लाग्यो । सहज बाटो नभएर चोरी दाउमा थानकोट नाकामा भिड त्यसै बढेको त होइन । शिक्षा र स्वास्थ्यमा नेपाली जनताले सबैभन्दा बढी खर्च गर्नुपर्ने बाध्यतालाई हेर्दा यी पूर्वाधारलाई ग्रामीण क्षेत्रमै विकास गर्नेगरी बजेटको कार्यक्रम तथा नीतिलाई तय गर्नुपर्छ ।

ग्रामीण जीवनशैलीमा सहरी सुविधा दिएर नेपालमा नेपालीपना जोगिने प्रकृतिको ग्रामीणीकरण अबको आवश्यकता हो । हामीले हाम्रो आफ्नै भूगोल र अवस्था अनुकूलनको बाटोलाई खोज्यौं भने विकास पनि हुन्छ, सम्पन्नता पनि हुन्छ । खाना पकाउने ग्याँस, डिजेल, पेट्रोलको आयातका कारण मुलुकको ठूलो रकम बाहिरिने हुँदा नेपालकै बिजुली उत्पादनमा जोड दिने अर्को बाटो हो । विद्युतीय विकासतर्पm लम्कँदा नेपालको आयआर्जनको ठूलो हिस्सालाई ओगट्न सक्छ । रेमिट्यान्सले धानेको ठूलो हिस्सा अब घट्ने र जनचाप ह्वात्तै बढ्ने देखिन्छ । हाम्रो देशबाट बिदेसिएका धेरै नेपाली युवाशक्ति अब आर्थिक मन्दीका कारणले स्वदेश फर्कने सम्भावना छ । अतः करिब ४० प्रतिशत युवाशक्ति भएकाले बाहिरबाट आएका युवाको ज्ञान तथा त्यो युवाशक्तिको उपयोगबाट देशको भविष्यरेखा कोरिन सक्छ ।

महामारीले मर्नेलाई भन्दा बाँचेकालाई पिरोल्नेमा दुई मत नै छैन । शोक र रोगभन्दा ठूलो कुरा भोक हुने रहेछ । पेट भोकै रहेर बाँच्नुभन्दा मर्नु निको भन्ने अवस्था आउन दिनुहुन्न । बिनाहतियारको यस युद्धपश्चात् पनि हामीले जितिरहने बाटो खन्नुपर्छ । यस विषयमा विज्ञ तथा सर्वदलीय एकताका आधारमा स्थानीय सरकारलाई बढी सक्रिय तुल्याउने प्रभावकारी र व्यावहारिक योजनातिर लम्कनु नै उत्तम तरिका हुन सक्ला । बढ्दो वर्तमान संकट र विगतको महामारी इतिहासबाट पाठ सिकेर हुलमुलमा जिउ जोगाऔं अनि अनिकालका लागि कमसेकम बीउलाई जोगाऔं । वास्तवमा नेपालको भूगोल, आर्थिक अवस्था र वर्तमान परिवेशका आधारबाट कृषि विकासको बाटो पहिलो आधार हो । कृषिसँगै व्यापार र विकासको पृष्ठभूमि तयार हुने हुनाले माटोमैत्री बीउबिजन र खेती प्रणालीका नवीन अभियानलाई अघि बढाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन