‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

बोर्डले सोमबार बिहान सार्वजनिक गरेको रिपोर्टअनुसार दयाहाङ राई र विपीन कार्की अभिनित ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को कुल ग्रस कमाइ १३ करोड रुपैयाँ नाघेको छ । प्रदर्शनको सातौँ सातासम्म आइपुग्दा चलचित्रले १३ करोड २६ हजार ९ सय ६७ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा ४ लाख २४ हजार ८ सय ९२ वटा टिकट बिक्री भएका छन् ।

पछिल्लो विवरणसँग तुलना गर्दा एक सातामा चलचित्रले करिब ६ लाख ११ हजार रुपैयाँ मात्र थपेको देखिन्छ ।

‘कबड्डी ५’ पछि दोस्रो सर्वाधिक व्यापार दयाहाङकै चलचित्र ‘पेन्सन पट्टा’को छ । आइतबारसम्म तीन लाख ६४ हजार ८०८ वटा टिकट बिक्री गर्दै चलचित्रले १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कमाइ गरेको छ । 

कात्तिक २६ गते प्रदर्शन भएको अनमोल केसी अभिनित चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको ११ दिनमा झन्डै साढे आठ करोडको व्यापार गरेको छ । ६ मंसिरसम्म चलचित्रको कुल व्यापार आठ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस छ । यो कमाइ २ लाख ६९ हजार ५४४ वटा टिकट बिक्रीबापत भएको हो ।

असोज ३० गते प्रदर्शन भएको ‘आ बाट आमा २’ चलचित्रले आइतबारसम्म सात करोड १८ हजार ८०२ रुपैयाँ ग्रस कमाएको छ । यो दसैंमा प्रदर्शन भएका तीन फिल्ममध्ये सर्वाधिक कमाइ हो ।

बोर्डले यो साता दसैंका अन्य दुई फिल्म ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को कमाइ विवरण भने सार्वजनिक गरेको छैन । यी दुवै फिल्म देशका सम्पूर्ण हलबाट उत्रिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो