लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई

काठमाडौँ । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पितामाताको स्मृति र सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गरेका हुन् । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ ।

कथा, निबन्ध, समालोचना, हास्यव्यंग तथा समसामयिक लेखनमा कलम चलाउँदै आएका पोखरेलले यस अगाडि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार, बागमति प्रदेशस्तरीय लघुकथा पुरस्कार प्राप्त गरिसकेका छन् । साथै, पोखरेलले बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मन्च, सिक्किमेली लघुकथा समाज, शब्द रचना साहित्य समाजव्दारा आयोजित लघुकथा प्रतियोगिताहरुमा उत्कृष्ठ स्थान हासिल गरिसकेका छन् ।

दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मान तथा प्रशंसापत्र प्राप्त गरेका पोखरेलका कथा, समालोचना, हास्यव्यंग, खोज अनुसन्धान, मानवअधिकार तथा समसामयिक विषयका दशवटा कृति प्रकाशित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो