च्याम्पियन्स लिग एकै स्थानमा

जुरिच । युरोपियन फुटबल महासंघ (यूईएफ)ले यूईएफए च्याम्पियन्स लिगका बाँकी रहेका खेल अगस्टमा पोर्चुगलको स्पेनमा गराउने निर्णय गरेको छ । बुधबारको बोर्ड बैठकले च्याम्पियन्स लिगको बाँकी खेलहरू १२ देखि २३ अगस्टसम्म पोर्चुगलको लिस्वनमा गराउने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि स्थगित च्याम्पियन्स लिग भने ७ अगस्टबाट सुरु हुनेछ । ७ र ८ अगस्टमा प्रि–क्वार्टर फाइनलको दोस्रो लेगको बाँकी रहेका खेलहरू हुनेछन् । त्यसपछिको सबै खेल लिस्वनमा हुनेछन् । १२ देखि १५ सम्म क्वार्टर फाइनल, १८ र १९ अगस्टमा सेमिफाइनल र २३ अगस्टमा फाइनल हुनेछ । प्रि–क्वार्टर फाइनलको बाँकी रहेको चार खेलको स्थानको विषयमा यूईएफएले सहभागी टोलीसँग छलफल गरेपछि बाँकी खेल लिस्बनमा गराउने वा सम्बन्धित टोलीकै घरेलु मैदानमा हुने गर्ने ’boutमा निर्णय गर्नेछ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा, स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब आरबी लाइप्जिग क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड (१–२), इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिख (०–३), इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोन (०–१) तथा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली (१–१) बीच प्रि–क्वार्टर फाइनलको दोस्रो लेगको खेल बाँकी रहेका छन् । प्रि–क्वार्टर फाइनलका बाँकी रहेका चार खेल ७ र ८ अगस्टमा तोकिएको मैदानमा हुनेछन् । युरोपा लिगका बाँकी रहेका खेल पनि यही पद्धतिमा हुनेछन् । युरोपा लिग अगस्ट १० बाट जर्मनीमा खेलाइने तय भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी