पाल्पाका उत्कृष्ट उद्योगीहरू सम्मानित

पाल्पा । १२ औं उद्योग दिवशको अवशरमा पाल्पाका उत्कृष्ट दुई उद्योगीहरूलाई सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले तानसेन नगरपालिका ४ पौडे्याल ढाका उद्योगका सञ्चालक मनोज राज पौड्याल र रामपुर नगरपालिका ६ का कृष्ण उन्नत भैंसी विकास तथा बीउ बिजन उत्पादन श्रोत केन्द्रका सञ्चालक कृष्ण कुमार अर्याललाई सम्मान गरेको हो ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानून उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले नगद ३५ हजार, दोशल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

उद्योगी पौड्यालले ४० बर्ष देखि पाल्पाली ढाका उद्योग सञ्चालन गरी ४० जनालाई नियमित रोजगारी दिएका छन् । उद्योगी अर्यालले विगत २० बर्षदेखि गाईभैंसी पालन गरी रामपुरमा पशुपालन व्यवसाय गरेका छन् । अर्यालले उन्नत जातका ५० वटा गाईभैसी पालन गरी १० जनालाई रोजगारी दिएका छन् ।

घरेलु तथा साना उधोग कार्यालय पाल्पामा २ हजार ७ सय ६० वटा उद्योगहरू दर्ता भएका छन् । गत आर्थिक बर्षमा ८४ वटा उधोग थपिएकोमा १०८ वटा उद्योगहरू स्थानान्तर र खारेजी भएको कार्यालय प्रमुख बरिष्ठ उद्योग अधिकृत केशव सुनारले बताए । पाल्पाको उद्योगहरूमा २२ करोड २० लाख लगानी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य परीक्षणपछि अस्पतालबाट फर्किए राष्ट्रपति पौडेल