गुल्मी । लुम्बिनी प्रदेशका पालिकामध्ये शिक्षा क्षेत्रमा गुल्मीको धुर्कोट गाउँपालिका अब्बल देखिएको छ । गाउँपालिकाले हाँसिल गरेका विभिन्न उपलब्धिको आधारमा प्राधानाध्यापक संघ, नेपालले धुर्कोट गाउँपालिकालाई सम्मान गरेको छ ।
शुक्रबार मधेश प्रदेशको जनकपुरमा आयोजित संघको तेस्रो सम्मेलनमा पालिकाको तर्फबाट अध्यक्ष भुपाल पोखरेलले सम्मान पत्र ग्रहण गरे । प्राधानाध्यापक संघले देशभरका उत्कृष्ट नजिता ल्याउने पालिका, शैक्षिक संस्था एवं शिक्षासँग सरोकार राख्ने उत्कृष्ट व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
समग्र पालिकाको नजिता, शिक्षामा पालिकाको लगानी, समन्वय र सहकार्यका आधारमा धुर्कोट गाउँपालिकालाई उत्कृष्ट पालिकाको रुपमा सम्मान गरेको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले २०७५ पौष १३ र १४ गते बृहत शैक्षिक गोष्ठि गर्दै शैक्षिक सुधारका २२ प्रतिवद्धता जारी गरेको थियो । जसको आधारमा स्थानीय पाठ्यक्रम निर्माण, शिक्षक दरबन्दी, कक्षाकोठा एवं विद्यालयको भौतिक अवस्था सुधार लगायतका काम गरेको थियो । गाउँपालिकाको शैक्षिक योजना २०७७ देखि २०८१ र ०८१ देखि ०८५ अनुसारका कार्यक्रमहरु अहिले पनि संचालनमा छन् ।
विद्यार्थी उत्तीर्ण नजितातर्फ २०८१ सालमा एसइईमा गुल्मी जिल्ला प्रथम एवं ०८२ मा गुल्मी जिल्ला द्धितिय भएको थियो । त्यसैगरी २०८२ मा कक्षा १२ को नजितामा सम्भवत देशमै प्रथम भएको थियो । कक्षा १२ मा धुर्कोटका ९५.९३ प्रतिशत विद्यार्थी उत्र्तीण भएका थिए ।
धुर्कोट गाउँपालिकामा अहिले कुल ३९ वटा शैक्षिक संस्था छन् । जसमा ३४ विद्यालय, एक बहुमुखी क्याम्पस, तीन सामुदायिक अध्ययन केन्द्र र एउटा धार्मिक शैक्षिक संस्था रहेको छ । पालिकाभित्र सामुदायिक अध्ययन केन्द्रबाहेकका शिक्षण संस्थामा चार हजार ४१८ विद्यार्थी अध्ययनरत छन् । गाउँपालिका अध्यक्ष पोखरेलले शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक एवं सिंगो समुदायको कारण यो सफलता प्राप्त भएको बताए ।
सम्बन्धित समाचार
सिड्नीको नेपाल फेस्टिभलमा ढाकाटोपी लगाएर पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
दीपावली- आफूभित्रको प्रकाशतर्फको संकेत
सोनिया गान्धीको संस्मरणमा प्रेम र संघर्ष
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
रोबोटको बढ्दो प्रयोगमा सिंगापुर
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै
हरीबोधनी एकादशीः रेसुङ्गा पोखरीमा दर्शनार्थीको घुँइचो






