साथीले पेट्रोल छर्केर आगो लगाएका रूपलालको उपचारका क्रममा मृत्यु

फाइल तस्बिर

काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसी जानकारी दिए ।

दाङको राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका ४९ वर्षीय रूपलाल चौधरीमाथि उनकै साथी सोही ठाउँ बस्ने ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।

चौधरीमाथि आगो लगाएपछि त्रिलोकसिंह भने फरार भएका थिए । उनीहरू दुवै जना साथी हुन । सँगै बसेर मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । मदिरा सेवनपछि एक अर्काबीच भनाभन भएको समेत खुलेको छ ।

सो क्रममा आफ्नो बाइकमा हाल्नका लागि बोतलमा भरेर ल्याइएको पेट्रोल त्रिलोकसिंहले चौधरीमाथि खनाएर आगो लगाएपछि फरार भएका रहेछन् । फरार भएका त्रिलोकसिंहलाई हिजै दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा हाइलक्स जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते