स्वास्थ्य परीक्षणपछि अस्पतालबाट फर्किए राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार नियमित स्वास्थ्य परीक्षण गराएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट फर्किएका छन् ।

राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको अस्पतालका सूचना अधिकारी कालप्रसाद रोश्याराले जानकारी दिएका छन् ।

अस्पतालका अनुसार राष्ट्रपति पौडेलले मनमोहन कार्डियो भास्कुलर सेन्टरमा स्वास्थ्य परीक्षण गराएका हुन् ।

स्वास्थ्य परीक्षण सकिएपछि उनी अस्पतालबाट फर्किएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको महाधिवेशनका लागि समिति बनाउने सम्पूर्ण अधिकार डा. शशांकलाई