काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ कारण आफ्नो टोली पछि परिरहेका बताएका छन् ।
पोखरा एभेन्जर्समाथि जितपछि पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो टोलीले राम्रो खेलिरहे पनि फिल्डिङ चुकिरहेको बताएका हुन् । तर आफ्ना खेलाडीले उत्कृष्ट इफोर्ट भने लगाएको उनको विश्वास छ ।
विराटनगरकै खेलमा भिजेको मैदानका कारण पनि समस्या भएको सन्दीपले उल्लेख गरे । तर यही बाहना गर्न नहुने र टोलीले सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले आगामी अन्तिम खेलमा राम्रो खेल्दै प्लेअफमा पुग्ने विश्वास पनि व्यक्त गरे ।
पोखरासँगको पनि खेलमा हारको संघारमा पुगिसकेको अवस्थामा इसुरु उडनाले उत्कृष्ट ब्याटिङ गरेको उनको भनाइ छ । आन्द्रे रसेल जस्ता खेलाडीलाई टोलीले अभाव महशुस गरे पनि उडनाले उनको स्थानमा राम्रो खेलेको उनी बताउँछन् ।
यसअघिको खेलमा विकेट नआएको उल्लेख गर्दै सन्दीपले आफ्नो क्षमतामा भने विश्वास रहेको बताए । यसअघिको खेलमा पनि राम्रो बलिङ गरेको उनी बताउँछन् । तर त्यो खेलमा विकेट भने आउने नसकेको उनले उल्लेख गरे ।
सम्बन्धित समाचार
जनकपुरको अर्को जित, पोखराको लगातार हार
एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य
सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात
जनकपुरमाथि विराटनगरको सनसनिपूर्ण जित, रसेलको ४ विकेट
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा






