दिल्लीमा कोरोनाले निधन भएका नेपालीको १३ दिनपछि अन्त्यष्टि

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्यष्टि गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको १३ दिनपछि उनको हिजो शनिबार दिल्लीमा अन्तिम संस्कार गरिएको हो । शव बुझ्ने कोही नभएपछि दिल्लीस्थित सामाजिक संगठन ग्रीन तारा सोसाईटीका कार्यकारी सदस्य कृष्ण गुरुङको पहल र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शव जिम्मा लिएपछि अन्त्यष्टि गरिएको हो ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेलाई शवको अन्तिम संस्कार गर्न नेपालमा रहेका पारिवारिक सदस्यले पत्राचारगरेका थिए । तर कोरोना संक्रमण र परिवारिक सदस्य नेपालमा भएकाले शव लिन निकै समस्या भएको थियो ।

शव लिने प्रक्रियाका लागि दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग माग गरिए पनि ४ दिनसम्म कुनै सहयोग प्राप्त नभएपछि भारतको गृह मन्त्रालयको सहयोगमा शव प्राप्त भएको हो।

दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको वडा नम्बर ९ सतासीधामका स्थायी वासिन्दा ज्ञानबहादुर बस्नेतको ४९ वर्षको उमेर ८ जुनका दिन निधन भएको थियो । गत ४ जुनदेखि स्वाथ्यमा समस्या देखिएका उनलाई ८ जुनमा उनका छोराले असहज भएपछि छेउँमै रहेको लेडीहार्डीङ अस्पताल लगेका थिए। तर सोहीदिन उनको अस्पतालमै मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना भएको पुष्टी भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा