Friday, January 15, 2021
Home सूचना प्रविधि एघार विधामा आइसिटी अवार्ड हुने, अनलाइन नोमिनेशन शुरू

एघार विधामा आइसिटी अवार्ड हुने, अनलाइन नोमिनेशन शुरू

काठमाण्डाै‌ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आजदेखि शुरु भएको छ ।

‘लिभिङ विथ आइसिटी’को आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन आगामी साउन १६ गतेसम्म खुला गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । कोभिड–१९ महामारीका कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगस्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आइसिटी अवार्ड २०२० का संयोजक राजन लम्सालले बताए ।

उनका अनुसार ११ विधाका अवार्डमध्ये इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधा हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधा इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् ।

यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधा रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने अवार्ड विधा रहेका छन् । सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्ट सम्मानित भइसकेका संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यस वर्ष अवार्डको छनोट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्य रहेका छन् । छनोट प्रक्रिया विभिन्न चरणमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट पाँच छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधामा जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गर्नेछन् । अवार्डलाई निष्पक्ष, व्यवस्थित र अझ परिष्कृत बनाउने तयारी गरिएको संयोजक लम्सालले बताउनुभयो ।

अवार्ड विजेतालाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेतालाई गत वर्ष झैँ बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनका लागि आधिकारिक वेबसाइटमा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

पीएसजी सुपर कप च्याम्पियन

पेरिस । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १०औंपटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजीले मार्सेमाथि २–१...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

साताका लोकप्रिय समाचार

अन्योलमै कांग्रेसः निर्णय एउटा, धारणा अर्कै

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक तथा अलोकतान्त्रिक भन्दै आन्दोलन घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पुनस्र्थापनाको विषयलाई उठाउने कि निर्वाचनमा जाने भन्नेमा...

फोहोरमैला रोक्ने सिसडोलवासीको चेतावनी

काठमाडौं । सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको गर्दै सिसडोल–बञ्चरेडाँडा...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा

लन्डन । म्यानचेष्टर सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा पुगेका छन् । गएराति सम्पन्न खेलमा बर्मिङघम सिटीलाई ३-० ले पराजित गर्दै म्यानचेष्टर...

शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथी छानविन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गरेका...

ट्रेन्डिङ

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको छ । नयाँ उचाइ ८८४८.८६ मिटर पुगेको छ । नेपाल र चीन सरकारले...

मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा दोस्रो सातादेखि सुरु भएको धान रोपाइँ ३१ असारसम्ममा मुलुकभर ८१.५८...

मच्छिन्द्रका तीन विदेशी खेलाडी रिलिज

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन सान मिगेल मच्छिन्द्र क्लबले आफ्नो विदेशी खेलाडीलाई फुकुवा गर्दै आआफ्नो देश फर्काउने तयारी थालेको...

झारफुक गर्दा झाँक्रीले हानेको पन्युको चोटले बिरामीको मृत्यु

गुल्मी । झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

सडकदेखि सदनसम्म रेल ठेक्का विवाद

काठमाडौं । सरकारले पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का चौतर्फी विरोध भएपछि रद्द गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले १८...

बस्न छोडेको घरमा चितुवाका चार बच्चा फेला

लमजुङ । लमजुङमा एक पुरानो घरमा चितुवाका चारवटा बच्चा फेला परेका छन् । बेसीसहर नगरपालिका– २ को बगाले गाउँमा रहेको मानिस बस्न छाडेको घरमा...

साथीका लागि खाद्यान्ह ल्याउछु भन्दै हिँडेका कैदी फरार

लमजुङ । लमजुङ जिल्ला कारागार शाखामा कैद भुक्तान गर्दै गरेका चौकीदार पदका एक कैदी बुधबार फरार भएका छन् । मध्यान्ह ४ बजे कारागार भित्रका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

भर्खरै

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

धेरै पढिएका

ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका...

भारतको पहिलो पारी २४४ मा समेटियो

सिड्नी । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारत पहिलो पारीमा २ सय ४४ रनमा समेटिएको छ । दुई विकेटको नोक्सानबाट आज तेस्रो दिन खेल्न सुरु गरेको...

विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । जकार्ताबाट शनिबार अपराह्न...

निर्वाचन प्रक्रिया रोकौं भन्दै आयोग पुगे दाहाल-नेपाल

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)