Thursday, August 5, 2021
HomeBreaking Newsजाममा परेका गाडी पहिरोले पुरिँदा २ को मृत्यु, ४ वटा...

जाममा परेका गाडी पहिरोले पुरिँदा २ को मृत्यु, ४ वटा गाडी पुरियाे

,
sharethis

पाल्पा । पाल्पा – गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरा स्थित सम्मोबारीमा पहिरोले गाडी पुरिएको छ । पहिरोमा परी गाडीमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुई जना पुरुष रहेका छन । घटनामा एक जना पुरुष घाइते भएका छन । घाइते तथा मृतक सबैजनाको सनाखत भएको छैन ।

घाइतेको उपचारका लागी तानसेन तर्फ पठाइएको छ । ४ वटा गाडीहरू पहिरोले बगाएको घटनास्थलबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले बताए । उनका अनुसार लु१त १९२८ नम्बर को टेङकर, लु२ख १३७६ नम्बरको मिनिट्रक, लु१च ७०११ नम्बरको कार, लु१च ७०४३ नम्बरको पिकअप भ्यानलाई पहिरोले पुरेको हो।

तानसेनबाट रीडीतर्फ जादै गरेका सवारी साधन पहिरोले पुरिएका हुन । बाटो जाम भै लाइनमा बसेका सवारी साधन पुरिएका हुन । गाडीहरु क्षतविक्षत् अवस्थामा भीरमा अड्किएका छन । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वार कार्यमा जुटिरहेका प्रनानी काफ्लेले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

(Visited 272 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

भिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो

काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

बाजुराको प्याज गनाउँने गाउँ

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन ।...

ट्रेन्डिङ

आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने...

ललितपुरमा तीन हजार कोरोना संक्रमित

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)