कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

दैलेख । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखका कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लू नगरपालिका–३ का ४५ बर्षीय संक्रमितको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

जेठ २ मा संक्रमितलाई उपचारको लागि भर्ना गरिएको थियो । सघन उपचार कक्षमा राखेर उपचार गरिरहेका व्यक्ति विगत लामो समयदेखि क्षयरोगीको बिरामी भएको कर्णाली अस्पतालका निर्देशक डा.डम्बरबहादुर खड्काले बताए । ‘बिरामीको अस्पतालमा आउँदाखेरी अवस्था नाजुक थियो । हामीले आईसियुमा राखेर उपचार गरिरहेका थियौं । संक्रमित क्षयरोगीका बिरामी हुँदा कोरोनाले थप समस्या निम्त्यायो’, डा. खड्काले भने ।

कोरोनाबाट कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने दैलेखका २ जना रहेका छन् । कोरोनाबाट मृत्यु हुने दुई जना दुल्लू नगरपालिकाका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग