काठमाडौं । यो वर्षको जाडोले बिदाई दिने क्रममा सिनेमा हलमा दर्शकको चहल पहल बढ्न थालेको छ । नयाँनयाँ चलचित्र पनि रिलिज हुने क्रम जारी छ । यसै क्रममा यो वर्षको प्रणय दिवसलाई लक्षित गरेर चलचित्र ‘लभ डायरी’ शुक्रबारबाट मुलुकका ८० भन्दा बढी सिनेमा हलबाट रिलिज हुने भएको छ ।
यो चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । यो चलचित्रमा आफूलाई प्रेमका महत्वपूर्ण पहललाई कैद गरेर दर्शकमाझ ल्याउन लागेको उनले जानकारी गराएका छन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक हुन् ।
सिनेमामा यो चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । सिनेमामा सहनिर्माताका रूपमा सरोज तुलाधर रहेका छन् । जसमा अर्जुन पोखरेलको संगीत, विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।