विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ३७ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधबार महानगरपालिकाको छैठौं नगर सभामा उप–प्रमुख इन्दिरा कार्कीले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा न्यून हो । आर्थिक बर्ष २०७६/०७७ का लागि विराटनगर महानगरपालिकाले ५ अर्ब बढीको बजेट ल्याएको ल्याएको थियो ।

प्रस्तुत अनुमानित बजेटमध्ये महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरेको छ ।

महानगरद्वारा सङ्घीय सरकारको शसर्त अनुदानबाट १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट २ करोड १० लाख ९ हजार १ सय ८०, सङ्घीय सरकार बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख ७८ हजार १ सय ८० र जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार रुँपैया आर्जन हुने अनुमान गरिएको उप–प्रमुख ईन्दिरा कार्कीले बताइन् ।

उनले महानगरपालिको प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्याडफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको बताइन् ।

नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ २ करोड ९ लाख २४ हजार र भौतिक पुर्वाधार निर्माणलगायतका अन्य पुँजीगत खर्च तर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको उप–प्रमुख कार्कीले जानकारी गराइन् ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ