Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ६ जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी

जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी

,

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोराना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । ८ जनामध्ये दुई जना महिला हुन् ।

मंगलबार राति गरिएको पिसिआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा मंगल रावलले बताए । संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले समेत अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । कर्मचारीहरुको पीसीआर परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ पनि सुरु भएको प्रतिष्ठानले जनाएको छ ।

यता आजै कोभिड कमाण्ड नियन्त्रण समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीसहितका चार किल्ला रहेका छन् ।

(Visited 221 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

सशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

काठमाडौं । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

ट्रेन्डिङ

प्रधानमन्त्रीले सम्पादकहरूसँग भने : ‘डराउनुपर्दैन, सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेकाले सरकारप्रति कुनै प्रकारको शंका नगर्न...

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी...

‘वनका राजा पनि लकडाउनमा’ गैरराउटेलाई प्रवेश निषेध

दैलेख । ‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास...

महिला हिंसा दर्शाउने ११ तस्विर (फोटोफिचर)

काठमाडौं । अहिले एउटा फोटोस्टोरि सामाजिक संजालमा चर्चाको विषय बनेको छ । नेपालमा बढ्दै गएको महिला हिंसालाई इंगित गर्ने गरी ११ ओटा तस्वीरमा प्रस्तुत...

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा...

गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै काँग्रेसद्वारा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उनको श्रव्य सामग्री छानबिन गर्न माग...

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले...

सित्तैमा १०० रिचार्ज

काठमाडौं । दोस्रो सातामा लकडाउन चलिरहेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । विश्वव्यापी कोरोना भाइरसबाट जोगिनका लागि सबै लडिरहको बेला समाजमा केही...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

प्रिमियर लिगः सिटीसँग चेल्सी स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित भएको छ । सिटीले चेल्सीलाई ३–१ एक गोल अन्तरले पराजित गरेको...

औषधि चाहियो फोन गर्नुस् घरमै आइपुग्छ

काठमाडौं । बालाजु क्षेत्रमा कसैलाई औषधि, मास्क र सेनिटाइजर चाहिए फोन गर्नुस् घरमै आइपुग्छ । मास्क र सेनिटाइजर घरलु उत्पादन हुन् । यो सेवा...

बिहे पासमा जोडिए दयाहाङ र प्रकृति

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ फिल्म ‘बिहे पास’मा जोडिएका छन् । यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्र बिहे पासामा दयाहाङसँगै अभिनेत्री प्रकृति...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)