विपद् प्रतिकार्यका लागि नेपाली सेना तयार

काठमाडौं । नेपाली सेनाले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यका लागि समेत तयार रहन मातहतका निकायलाई निर्देशन दिएको छ । सेनाले कोभिड–१९ को रोकथामसँगै विपद् प्रतिकार्यका लागि ‘अपरेसन अर्डर’ जारी गर्दै विपद् व्यवस्थापनका लागि तयार रहन आफू मातहतका निकायलाई निर्देशन दिएको हो ।

त्यसका लागि खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने उपकरणसहितको न्यूनतम सामग्री सम्भावित स्थानहरूमा तयार राख्न जंगीअड्डाले मातहतका निकायमा भनेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने सम्भावित प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन मातहतका निकायमा निर्देशन भएको बताए ।
‘मनसुन भित्रिएसँगै प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्छ, बाढीपहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि तयारीमा रहन मातहतलाई निर्देशन भएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

सेनाले प्रकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि भन्दै चार चरणको कार्ययोजना बनाएको हो । जसअनुसार पहिलो चरणमा सम्बन्धित जिल्लाबाट नै जोखिम हेरेर फौज परिचालन हुनेछन् भने दोस्रो चरणमा छिमेकी जिल्लाबाट थप समूह पठाइनेछ ।

यसैगरी, तेस्रो चरणमा पृतनाबाट टोली खटाउने सेनाको तयारी छ । हरेक पृतनामा सैनिक इन्जिनियरसहितको समूह तयारी अवस्थामा राखिएको छ । चौथो चरणमा अवस्था हेरेर जंगीअड्डाको विपद् निर्देशनालयबाट समेत फौज परिचालन गर्ने सेनाको तयारी रहेको छ ।

खोज तथा उद्धारका लागि सेनाले आफ्ना एयरबेसलाई पनि तयार रहन भनेको छ । सेनाका इटहरी, चितवन, काठमाडौं, पोखरा र सुर्खेतमा एयरबेस छन । डुबानबाट अति प्रभावित हुने झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई अति संवेदनशील जिल्लामा राखिएको छ । त्यस्तै, संवेदनशील जिल्लामा दाङ, कपिलवस्तु र रुपन्देहीलाई पनि राखिएको छ ।

बाढी तथा पहिरोबाट बढी प्रभावित हुनेमा संखुवासभा, धनकुटा, दोलखा, धादिङ, कास्की, पाल्पा, रुकुम र दार्चुला अति संवेदनशील जिल्लामा पर्छन् । पाँचथर, इलाम, काभ्रे, दाङ, सुर्खेत, जुम्ला र डोटी संवेदनशील जिल्लामा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको चुमनुब्री : डाेकाेमा बाेकेर दुई दिनपछि मतपेटिका आइपुग्याे तर, सुरु भएन मतगणना